पेस्तोल र गोलीसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बाँके । नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?