आगलागीबाट घरसहित धनमाल नष्ट

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१५ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । खाँबुको इनामे बाउन्नी डाँडामा आगलागी हुँदा स्थानीय गौरबहादुर राईको घर र घरभित्र रहेको धनमाल जलेर नष्ट भएको हो ।

जंगलमा लागेको डढेलो सल्केर घरमा आगो लाग्न पुगेको स्थानीयले बताएका छन् । आगोले राईको काठ र ढुंगामाटोले बनेको फुसको छाना भएको घर र घरभित्र रहेका लत्ताकपडा, भाँडाबर्तन, अन्नपातलगायत सबै जलेर नष्ट भएको छ । स्थानीयकाअनुसार आगोले राईले पालेका कुखुरा पनि जलेर मरेका छन ।

आगोले के कति क्षति पुगेको भन्ने यकिन भइसकेको छैन । स्थानीय भेला भएर लगभग २ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । स्थानीय पदम खत्रीकाअनुसार जंगलमा लागेको डढेलो जोडतोडले चलेको हावाहुरीका कारण घरको छानोमा झिल्को आएर आगलागी हुन पुगेको हो । खत्रीकाअनुसार घरको आगो निभाउनुका साथै गाउँलेहरू मिलेर जंगलको डढेलो पनि नियन्त्रणमा लिएका छन ।

आगलागीबाट कम्तीमा १५ लाख माथिको क्षति भएको अनुमान स्थानीयले गरेका छन् । तर, यकिन क्षतिबारे भने प्रहरीले जाकारी गराउने उनीहरूको भनाइ छ । केही दिनअघि लागेको डढेलो फैलँदै गएर जंगलै सखाप पारिसकेको स्थानीयले बताएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?