विराट सर्किट: मानसखण्ड सभ्यता संवादका नवीन पहल

Read Time = 17 mins

विराटराजाको राजधानी विराटनगरमा गुप्तवासका लागि प्रवेश गर्दा राजा युधिष्ठिरले मनमनै दुर्गा भगवतीको स्तुति गर्नु र भगवतीले दर्शन दिँदै सुरक्षित रहने आशिर्वाद दिएको प्रसंगले विराटनगरको ऐतिहासिक, पुरातात्विक तथा आध्यात्मिक अवस्थालाई जान्न प्रेरित गर्दछ । वैशाख २ गते धनगढीमा आयोजना भएको मानसखण्ड सर्किटका सम्बन्धमा सम्मेलन भएको दृष्टान्तले पनि आफ्नो विराटनगरका विषयमा खोज–अनुसन्धान गर्ने जाँगर बढेर आउँदछ ।

‘नन्द पर्वतमारभ्य यावत् काकगिरि : स्मृतः ।
तावद् वै मानस : खण्ड : ख्यायते नृपसत्तम ।।
सुदूरपश्चिमको मानसखण्ड र सुदूरपूर्वको विराट सर्किटका बारे जनकारीमा रहेका तथ्यहरूलाई प्रकाश पार्दै सभ्यता संवाद अगाडि बढाउँदा नेपालको गौरवपूर्ण इतिहासको जानकारी तथा धार्मिक पर्यटनमार्फत समृद्धिमा पुग्न सहज हुने ठानी तुलनात्मक अध्यनलाई अगाडि बढाउने कोसिस गरिएको छ ।

इतिहासः मोरङ जिल्लाको पहिलो महानगरपालिकाका रूपमा स्थापित विराट नगरमहापालिकाको पुरानो नाउँ ग्रोग्राह थियो । जिल्लाको सदरमुकाम रंगेलीलाई पछि विराटनगरमा सारिएको थियो । बडा हाकिम जितबहादुर खत्रीले विसं १९७१ मा रगेंलीबाट विराटनगरमा सदरमुकाम सारेपछि विराटनगरले शहरको रूप लिन थालेको पाइन्छ । विस १९६८ मा विराटनगरको दक्षिणी सिमाना जोगबनीसम्म भारतीय रेल्वे सेवा सञ्चालन हुन थाल्यो । पिताजी कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिट्ठा कृष्णराज हनुमानदास, सुब्बा कालिदास, सुवेदार अनन्तराम, शिवप्रतापशमशेर थापा आदिको योगदानले १९७२ मा सदरमुकाम रंगेलीबाट तत्कालीन ग्रोग्राहमा सरेको हो ।

केशरशमशेर जबराले भेडियारीमा पाइएको विराटराजाको दरबारका भग्नावशेषलाई दृष्टिगत गरी ग्रोग्राहबाट विसं १९७६ मा विराटनगर नामाकरण गरेका हुन । विराटराजाको दरबार क्षेत्र मानिएको भेडियारीस्थित भग्नावशेष र त्यस वरिपरिका पोखरीहरूको उत्खनन् अनुसन्धानका साथै किंवदन्ती र स्थानहरूको नामाकरणले इतिहासलाई जीवन्त बनाइराखेका हुन् ।

केशरशमशेर जबराले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाइएको विराटराजाको दरबारका भग्नावशेषलाई दृष्टिगत गरी ग्रोग्राहबाट विसं १९७६ मा विराटनगर नामाकरण गरेका हुन् । विराटराजाको दरबार क्षेत्र मानिएको भेडियारीस्थित भग्नावशेष र त्यस वरिपरिका पोखरीहरूको उत्खनन् अनुसन्धानका साथै किंवदन्ती र स्थानहरूको नामाकरणले इतिहासलाई जीवन्त बनाइराखेका हुन् । किचकबध, गोग्राहा, अर्जुनधारालगायतका स्थानका कारण मत्स्यदेश, विराटराजा र द्रौपदीसहितको पञ्चपाण्डवहरूको गाथा दैनिक कुनै न कुनै प्रसंगमा चर्चामा आइरहेने गर्दछन् ।

महाभारत कालीन इतिहाससँग जोडिएको विराटनगर, सृष्टिसँग जोडिएको बराहक्षेत्र, पिण्डेश्वर, दन्तकाली, पाथीभरा, सताक्षी धाम तथा चतरा कुम्भस्थान, कृपणरथ यात्रा, माघे संक्रान्ती, दशौँ, तिहार, होली, रामनवमी, बुद्धपूर्णीमा, उद्यौली–उभ्यौली, कुलपूजा आदिले स्पर्शनीय तथा अस्र्थशनीय सम्पदाहरूको दैवी उपस्थिति रहेको अनुभूति गर्न सकिन्छ । बेलबारी नगरपालिका–५ मा अवस्थित धनपालगढीले पनि पुरातात्विक र ऐतिहासिक संरचनाको परिचय दिइरहेका छन् ।

मत्स्यदेशका किंवदन्तीहरू स्थानीय राजवंशीहरूबाट सुन्दा रोमाञ्चित हुने गर्दछ ।
हिमालय सभ्यताको सेरोफेरोः ‘अस्त्युतरस्यां दिशिः देवातात्मा, हिमालयो नगाधिराजः । पूर्वापरो तयोनिधी वगाहय, स्थितः पृथिव्या इव मानदण्डः ।।’ कालिदासको रघुवंशम् महाकाव्यमा वर्णित हिमालयको महत्वलाई विश्वकै सर्वोच्च शिखर सगरमाथाले सत्य प्रमाणित गरेको कोशी प्रदेश स्थित ‘विराट सर्किट’ विश्व सभ्यता सम्वादको महत्वपूर्ण क्षेत्र हो । ‘कृते सत्यवती ज्ञेया त्रेतायां तु तपोवनम् । द्वापरे मुक्ति सोपानं कलौ नेपालिका पुरी’ ‘हिमवतखण्ड पुराणमा वर्णित नेपालको पृष्ठ भूमिले हाम्रो प्राचीनता स्पष्ट हुन आउँदछ । हिमालतको उपस्थिति र लिखित शास्त्रहरूको उपलब्धताका आधारमा विश्व सम्पदा सम्वादको केन्द्रका रूपमा पहिचान वनाउने हैसियत भएको विराटनगर महानगर पालिकाले पुनः आफ्नो गौरवलाई स्थापित गर्न थाल्नुपर्दछ ।

आर्यावर्तः पूण्यभूमिमध्यं विन्ध्यहिमालयो । हिमालयदेखि समुन्द्र पर्यन्तको पुण्यभूमिलाई आर्यावर्तको रूपमा सम्मान गरिएको प्रसंगले सभ्य समाजको परिचायकसमेत बनाउँदछ । ‘क्रिण्वन्तं विश्वमार्यम्’ विश्वलाई नै सभ्य बनाउने विचार र अभियान सगरमाथाको यस पावन भूमिबाट सम्भव हुने हुँदा नयाँ विश्वव्यावस्थाको नयाँ आधारक्षेत्र बन्नेछ । कैलाशवासी भगवान शिवको स्तुितले पनि यो क्षेत्र नयाँ विश्वव्यवस्थाको आधार बन्न सक्नेछ । ऊँ यो वै रुद्रः स भगवान यच्च विश्वं तस्मै वै नमो नमः । अर्थात् जो रुद्र हुन उनै भगवान् हुन् र उनी नै विश्व हुन्, उनलाई बार–बार नमस्कार गर्दछौं भन्दै देवताहरूद्वारा गरिएको स्तुति कल्याणकारी विश्व व्यावस्थाको प्रार्थना हो ।

नेपाल, चीन, भारतबीच एकात्मक सम्बन्ध (कनेकटीभिटी) र समृद्धिको केन्द्रः चीनले सन् २०१९ मा युनेस्कोको संलग्नतामा एशियाली सभ्यता सम्वादको आयोजना पैतालिस देशको उपस्थितिमा गराइसकेको तथ्यले पनि विराट सर्किटको माध्यमले विश्व सभ्यता संवाद गराउन पहल गर्नु पर्दछ ।

हिमवत्खण्ड तथा मानसखण्डमा वर्णित नेपालका चार धामहरूमा वैद्यनाथ क्षेत्र (अछाम) मुक्तिक्षेत्र (मुस्ताङ) पाशुपतक्षेत्र (काठमाडौं) बराह क्षेत्र (सुनसरी) रहेका छन् । बराह क्षेत्र पनि कोशी प्रदेशमा विराट सर्किटसँगै रहेकोले बराह अवतारको पुण्य तथा एतिहासिक क्षेत्रका रूपमा प्रसिद्ध रहेको ।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवी सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।
नमस्तस्मै वराहाय लीलयोद्धरते महीम् ।
खुरमध्यगतो यस्य मेरु : खणरवणायते ।।
दंष्ट्रगेणोद्धता गौरुदधिपरिवृता पर्वतैर्निम्नगाभि :
साकं मृत्र्पिण्डवत्प्राग्बृहदुरूवपुषाऽदनन्तरूपेण येन
सोऽयं कंसासुरारिर्मुसरकदुशास्यान्तकृत्सर्वसंस्थ :
कृष्णो विष्णुः सुरेशो नुदतु मम रिपूनादिदेवो वराह : ।।
अन्तर्यामी नारायणस्वरूप भगवान बराह, नररत्न नरऋषि, उहाँको लीला प्रकट गराउने भगवती सरस्वती र वहाको वक्ता भगवान व्यासलाई नमस्कार गर्दै आसुरी सम्पत्तिहरूको नाश गराएर अन्य अन्तष्करणमाथि विजय गराउने बराह पुराणको पाठ गर्नुपर्दछ भन्दै प्रारम्भ गरिएको वराह पुरानको महत्व विश्वको सारा सनातन धर्मावलम्बीहरूले मनन गर्दै भ्रमण गर्ने गर्दछन् । यस्तो पवित्र बराह क्षेत्रको अवस्थितिका कारण सृष्टि, भक्ति र समृद्धिको चर्चास्थल वनेको कोशी प्रदेशका बारे निरन्तर बहस भइरहने हुँदा सार्थक परिणामका लागि पनि प्रयास हुनुपर्दछ । ‘विराट सर्किट’को अवधारणालाई सार्थक तुल्याउन सक्दा मानसखण्ड सर्किटसँग तादात्म्य बनाउँदै सुदूरपूर्व र सुदूरपश्चिमलाई जोड्ने सेतु पनि बन्न सक्नेछ ।
सिगों भुगोल र संस्कृतिलाई जोड्न सक्ने ‘विराट सर्किट’को भावना र अवधारणा एतिहासिक बन्नेछ । निम्न तथ्यहरूलाई एकीकृत रूपमा संयोजन गर्दै सभ्यता, स्वराज्य र समृद्धिको आधार भूमि बन्न सक्ने हुँदा महानगरपालिकाले पहल गर्नेछ भन्ने अपेक्षा गरेका छौं ।

(क) विराटराजाको दरबार क्षेत्रको उत्खनन् तथा प्रामाणिकताका लागि पुरातत्व विभाग तथा सम्बन्धित सरोकारवाला संस्थाहरूसँग समन्वय गदै कार्य थालनी गर्ने ।
(ख) स्पर्शनीय तथा अस्पर्शनीय सम्पदाहरूको सक्षिप्त विवरण तयार गरी प्रकाशन गर्ने ।
(ग) विराटराजासँग सम्बन्धित अन्य क्षेत्र/प्रसंगलाई जोड्दै नक्सांकन गर्ने ।
(घ) विराटराजा, विराटनगर तथा प्रदेशका महत्वपूर्ण प्रकाशनहरूको संग्रह गर्ने ।
(ङ) छिमेकी भारततर्फ रहेका तथ्य प्रमाणहरूलाई पनि जोडन प्रयत्न गर्ने ।
(च) उपरोक्त कार्यका साथै भविष्यमा गर्नुपर्ने कार्यहरूलाई सम्पदान गर्न सक्नेगरी समितिको गठन गरी कामलाई निरन्तता दिनुपर्ने ।

नेपाल, चीन, भारतबीच एकात्मक संवध (कनेकटिभिटी) र समृद्धिको केन्द्रः चीनले सन् २०१९ मा युनेस्कोको संलग्नतामा एशियाली सभ्यता सम्वादको आयोजना पैतालिस देशको उपस्थितिमा गराइसकेको तथ्यले पनि विराट सर्किटको माध्यमले विश्व सभ्यता सम्वाद गराउन पहल गर्नुपर्दछ । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको चीन र भारत नेपालको छिमेकी हुनु, भारतसम्म जोडने सबैभन्दा छोटो राजमार्ग हुनुले विराटनगर सभ्यता र समृद्धिको प्रमुख गन्तव्य हुने देखिन्छ । शीतयुद्धको समाप्ती पश्चात् भावी विश्वका बारे स्यामुल पी हेटिङटनले लेखेको ‘द क्ल्यास अफ सिभिलाइजेसन एण्ड द मेकिङ न्यू वल्र्ड अर्डर’ पुस्तकले इंगित गरेका सभ्यताबीचको युद्धलाई हुन नदिई विश्वलाई शान्ति र मेलमिलापतर्फ डोहोर्‍याउन निम्न कुरालाई बढाउन सकिन्छ :
(क) द्वन्द्वरूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका ।
(ख) स्वराज्य र मेलमिलाप भावी विश्वको आधार ।
उपरोक्त कार्यक्रमलाई विश्वविद्यालय, अन्तर्राष्ट्रिय सेमिनारहरू मार्फत अगाडि बढाउँदै द्वन्द्वरत विश्वलाई राहतको अनुभूति गराउन सकिन्छ । राष्ट्रिय रूपमा पनि विराट सर्किटलाई मद्धत पुग्ने गरी विराटनगर महानगरपालिकाले निम्न कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।

(क) सम्पदा र शान्ति ।
(ख) संस्कृति, स्वराज्य र समाजवाद ।
(ग) संस्कृति, सम्पदा र मेलमिलाप ।
(घ) जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका ।
(ङ) स्थानीय सरकार : संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा ।
(च) शान्ति, न्याय र मिलापका लागि अन्तर्सांस्कृतिक सहिष्णुता ।
(छ) स्थानीय तहः कार्य सम्पादन तथा सुशासन ।
(ज) न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र । एवं प्रकार सुशासन, सभ्यता र समृद्धिको संयोजन गर्दै स्वराज्यको अनुभूति गराउने प्रयास महानगरपालिकाले गर्न सक्नेछ ।

‘आ यद् वामीयचक्षसा मित्र वयं च सरयः ।
व्यचिष्ठे बहुपाथ्ये यतेमही स्वारज्ये ।’
विस्तुते र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौं । ‘यतो धर्मस्ततो जय :’ महाभारतको रहस्यलाई बुझ्न विराटराजाको दरबारमा धर्मराज युधिष्ठिरले भगवतीको स्तुति गरी दर्शन तथा आशिर्वाद पनि पाउन सक्नुले अर्धमको नाश र धर्मको जय भएको सन्देश दिने विराट सर्किटलाई सफल पार्न युधिष्ठिरले गर्नुभएको भगवतीको स्तुतिको पनि स्मरण गरौं ।

यशोदागर्भसंभुतां नारायणवरप्रियास ।
नन्दगोपकुले जातां मगंल्यां कुलबर्धिनीम् ।। १ ।।
कंसविद्रावणकरीमसुराणां क्षंयकरीम् ।
शिलातटविनिक्षिप्तामाकाशं प्रतिगोमिनीम् ।। २ ।।
वासुदेवस्य भगिनीं दिव्यमाल्र्यविभूषिताम् ।
दिव्याम्बरधरां देवीं खङ्कखेटक घोरिणीम् ।। ३ ।।
भारावतरणे पुण्ये ये स्मरन्ति सदा शिवाम् ।
तान्वै तारयसे पायात्पंके गामिव दुर्बलाम् ।। ४ ।।
स्तोतुं प्रचक्रमे भूंयो विविधै : स्तोत्रसभंवै :,
आम्य दर्शनाकांक्षी राजा देवी सहानुज : । ५ ।।

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Harimalla
Harimalla
2023-10-21 5:47 am

अतिउत्तम, चौलागाइजी.
तपाइ ले दिनु भएको स्लोक हरू हिमवत खन्डको हो?
विराट सर्किट के के हुँ? मानस सकीट के के हुँ? मानस सिकट को केंद्र के हो.? यों पनी हिमवत मा छ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?