नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको खाँचो

Read Time = 13 mins

- श्रीमननारायण
नक्कली शरणार्थी प्रकरणमा माथिल्लो स्तरको नेता र कर्मचारी समेत संलग्न हुनुले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा समेत धुमिल हुन पुगेको छ । भोलिको दिनमा अन्तर्राष्ट्रिय समुदायले नेपाल सरकारको तथ्य र कथ्यमटाथि किन भरोसा गर्ने भन्ने प्रश्न पनि उब्जिएको छ । भुटानबाट विस्थापित भई नेपालमा शरणार्थी भएर आएका एक लाख १३ हजारभन्दा बढी शरणार्थी नेपालबाट अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत देशमा पुनर्वास भइसकेका छन् । तेस्रो मुलुकोमा जान अनिच्छुक ६ हजार ३ सय ६ जनालाई नेपालमै काम गर्न सहमति दिएपछि शरणार्थी समस्या लगभग टुंगोमा पुगिसकेको थियो ।

टुंगिसकेको विषयमा अहिले ठूलो आर्थिक घोटालाको रूपमा देखा पर्नु घोर निन्दनीय छ । यस घोटाला अथवा भ्रष्टाचारमा जसरी एकपछि अर्को नाम आउँदै गरेको छ, यसले नेपालको राजनीतिमा व्याप्त असम्वेदनशीलता, भ्रष्टाचारप्रतिको आशक्ति र निहित स्वार्थपूर्तिका लागि जथाभावी निर्णय गर्न गराउने प्रवृत्तिलाई उजागर गरेको छ । विगत डेढ दशकदेखि नेपालको राजनीतिमा राष्ट्रिय सहमतिको नाममा कतिपय गलत निर्णय पनि भएका छन् ।

यस्ता निर्णयबाट आमनेपाली जनताको आर्थिक र समाजिक जीवनमा आमुल परिवर्तन आएको छैन, तर केही राजनीतिक दलका नेता र कार्यकर्ताहरूको निहित स्वार्थको पूर्ति अवश्य भएको छ । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को गरी जसरी ठूला नेता र कर्मचारीहरूको नाम सार्वजनिक हुँदै गएको छ । यसले कसैमाथी पनि कारबाही न हुने सम्भावनालाई बढाएको छ । सरकारले एउटा छानबिन आयोगको गठन गरिदिनेछ र आयोगको प्रतिवेदन आउने, त्यसैमाथि अध्ययन गर्ने र कारबाही गर्ने नगर्ने लगायत विषय ओझेलमा पर्दै जानेछ । अहिलेसम्मको कतिपय घटनाले त यस्तै लक्षण देखाएको छ ।

शीर्ष नेतृत्व वर्गको जानकारी भई सरोकारवाला मन्त्रीले छुट शरणार्थीको नाम कार्यदल खडा गरी ठूलो धनराशिको लेनदेन भएको खबरले आमनेपाली जनता आश्चर्यचकित भएका छन् । यसबाट हाम्रा नेता र कर्मचारीको नैतिकता र चरित्रमा निकै प्रश्न चिहृन खडा गरेको छ ।

शीर्ष नेतृत्व वर्गको जानकारी भई सरोकारवाला मन्त्रीले छुट शरणार्थीको नाम कार्यदल खडा गरी ठूलो धनराशिको लेनदेन भएको खबरले आमनेपाली जनता आश्चर्यचकित भएका छन् । वास्तविक शरणार्थीको चासोविनै स्थानीय प्रशासनले २०७८ चैतमा विवादित कुरालाई अगाडि नबढाऔं भनी संकेत गर्दागर्दै कार्यदलले नेपाली नागरिकलाई शरणार्थी लिष्टमा समावेश गरेको र त्यसवापत २० देखि ५० लाखसम्म असुलेको कुराले खुलेआम भ्रष्टचार भएको देखिन्छ । नेपालले आफ्नो नागरिकलाई विदेशी नागरिक र शरणार्थी बनाई घुस खाएको पुष्टि हुन्छ । यसबाट हाम्रा नेता र कर्मचारीको नैतिकता र चरित्रमा निकै प्रश्न चिहृन खडा गरेको छ ।

आफ्ना जनतालाई देशभित्रै जागिरको अवसर सिर्जना गरी दिन, गाँस, बास र कपासको ब्यवस्था गर्नुपर्नेमा जनतालाई दिक्क गराएर विदेशी शरणार्थीको रूपमा एमालेका नेताहरूसित सम्बन्धित भ्रष्टचारका केही घटनाहरू जो निकै चर्चामा आएको थिए, तिनमा कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रका लागि प्रयोग हुने स्वास्थ सामग्री खरिदमा ओमनी विजनेस कर्पोरेसन इन्टरनेसनलको सेटिङमा करोडौंको अनियमितता भएको आरोप लागेको हो, बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पार्टीका वरिष्ठ नेता विष्णु पौडेलको नाम आएको थियो भने वाइडबडी विमान प्रकरणमा पूर्वमन्त्री स्व.रविन्द्र अधिकारीको नाम आएको थियो ।

अडियो टेप काण्डमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको नाम आएको थियो । नेकपा एमालेका कतिपय नेताहरू विवादास्पद रूपमा चर्चामा आए । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि एमालेकै दुईजना वरिष्ठ नेताको नाम सार्वजनिक भएको छ । उपरोक्त दुई नेताको राजनीतिक पृष्ठभूमि माओवादी भए पनि घटनाका समयमा केपी शर्मा ओली निकट आइसकेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीका नेतालाई पक्राउ पर्नबाट जोगाउन प्रधानमन्त्रीलाई भेट्न गएका थिए । उनी प्रधानमन्त्रीलाई भेटेर फर्केलगत्तै नेकपा एमालेका सचिव रायमाझी फरार भए । देशको कानुन बनाउने सांसद र अतीतमा संविधानसमेत बनाएको व्यक्ति नै कानुनको पालना नगरेपछि आमजनताको विश्वास शासन र प्रशासनप्रति कसरी रहन सक्दछ । भोलिका दिनमा यस्ता व्यक्ति पनि मन्त्री अथवा प्रधानमन्त्रीको पदमा पुगेपछि जनताले यिनीमाथि किन विश्वास गर्ने ?

राजनीतिमा परिवारबाद हावी भएपछि यसको विकृति कति हदसम्म बढ्न सक्दछ भने उदाहरणको रूपमा पूर्वमन्त्रीहरू रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीको छोराको नाम यस ठगी र भ्रष्टाचारमा मुछिएपछि पुष्टि भएको छ । आफ्ना नातेदारहरूलाई मन्त्रालय परिसर र मन्त्रीनिवासमा यस्तै गोपनीयता कायम रहोस् भनेर राखेका हुन्छन् ।

नेपालमा भुटानी शरणार्थीहरूको पहिचान एक ठाउँमा मात्रै नहोला । सबैको रेकर्ड भएकै हुनुपर्छ । पहिचानपत्र पनि सबैको रहेको हुनुपर्छ । जोसित भुटानी भएको कुनै पहिचान नै छैन त्यो व्यक्ति भुटानी कसरी भए भुटानी शरणार्थी कसरी भए ? नेपाली नागरिकतालाई जो कोहीले पनि ठट्टाको विषय बनाउनु उचित भएन, एकातिर वर्षौंदेखि नेपालमा बसोवास गर्दै आएका, नेपाली, माटोमा आफ्नो रगत पसिना बगाइरहेका, आफूले कमाएका एक–एक पैसा नेपालमा खर्च गरिरहेकाहरूको नागरिकतामाथि हामी शंका गर्छौं, तिनको नागरिकताको खारेज गर्दछांै तर नेपालको नागरिकता परित्याग गरी विदेशी बन्न खोज्ने र विदेशी भइसकेकाहरूलाई सम्मानित नागरिक मान्ने गरेका छौं ।

रवि लामिछाने प्रकरणमा त यही देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता र कर्मचारीमात्रै होइनन् शरणार्थी बन्ने खोज्नेहरू पनि दोषी हुन् र कारबाही हुनुपर्छ । विदेशिन प्ररित गर्नु ठूलो अपराध हो । यस्तो कार्य त अक्षम्म अपराध हो । देशका भूतपूर्व उप–प्रधानमन्त्री र सांसद फरार अभियुक्त घोषित हुनु दुर्भाग्यपूर्ण हो । सबैभन्दा आश्चर्यको कुरा त उनलाई गिरफ्तारीबाट जोगाउन देशका भूतपूर्व प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकलम दाहालसित भेट गरी याचनासमेत गरे । नेपालबाहेक अन्य कुनै पनि देशभएको भए प्रतिपक्षी दलका नेताहरू भ्रष्टाचारी र अपराधीमाथि कारबाहीको माग गर्न आन्दोलनमा उत्रिसकेका हुनेथिए ।

नेपाली राजनीतिमा सुशासन इमानदारी र पारदर्शीको आवश्यकताको कुरा महसुस गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत जस्ता नवोदित पार्टीको स्वर पनि चर्को देखिएन । एमाले सांसद र पूर्वमन्त्री हाल फरार अवस्थामा छन् । उनको छोरा पक्राउ परेका छन् ठगी प्रकरणमै पूर्वगृहमन्त्री र एमालेका नेता रामबहादुर थापाका छोरा पनि फरार छन् । नेकपा माओवादी राष्ट्रिय राजनीतिमा आएपछि सुरक्षा विज्ञको रूपमा चर्चित इन्द्रजित राई पनि पक्राउ परेका हुन् । उनको पृष्टभूमि यदि सेनाको रहेको छ भने त यो झन दुःखद् हो होइन भने पनि जीवनको उतरार्धमा आएर यस्ता कुकृत्यमा सहभागी हुनबाट उनले आफूलाई जोगाउनु पर्दथ्यो ।

राजनीतिमा परिवारबाद हावी भएपछि यसको विकृति कति हदसम्म बढ्न सक्दछ भने उदाहरणको रूपमा पूर्वमन्त्रीहरू रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीको छोराको नाम यस ठगी र भ्रष्टाचारमा मुछिएपछि पुष्टि भएको छ । आखिर राजनीति गर्नेहरू आफ्नो छोरा, श्रीमती, भतिजो, सालो र साढुभाइलाई मन्त्रालय परिसरमा र मन्त्रीनिवासमा किन राखेका हुन्छन् ? कमिसनको कारोबारबाट गोपनीयता रहोस् भन्ने मनसायले स्वकीय सचिवहरूमा आफ्ना नातेदारलाई मात्रै राख्ने कामका कारण पनि भ्रष्टाचार हुने गर्दछ । नेकपा एमाले जस्तो पार्टीका उपाध्यक्ष र सचिव पदमा बसेकाहरू भ्रष्टाचार र ठगीमा संलग्न पाइनु दुर्भाग्यपूर्ण हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो व्यंग्यपूर्ण भाषण टिप्पणी र आक्षेपका कारण आफ्ना मतदान र समर्थकहरूमा लोकप्रिय छन् तर तिनको भाषणमा गरिबी, बेरोजगारी महँगी र राजनीतिक अस्थिरताप्रति अलिकति पनि उल्लेख भएको हुँदैन । केपी ओलीसित देश चलाउने कुनै भिजन नै छैन । कुनै आर्थिक र सामानजिक नीति नै छैन । नेकपा एमालेभित्रमा पनि पोख्त अनुभवी र परिपक्क नेताहरू दूधबाट झिँगो निकालेर फालिए जस्तै फालिएका छन् । नक्कली भुटानी शरणार्थी समस्याको जायज र तर्कसंगत समाधान हुनुपर्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
महेश पाैडेल
महेश पाैडेल
2023-05-12 9:33 am

सत्तासिनब्यक्तिकाे बिराेधि तह लगाऊने साधनकाे रुपम मात्र आएकाे हाे,काँग्रेस ,माअाेबादि पार्टिका सबैले उन्मुक्ति पाउँछन् यस्मा,हेर्दजाँउन !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?