बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पा रुन्टीगढी गाउँपालिका–३ बस्ने २१ बर्षीय चन्द्रबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ६ बजेतिर घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिक रा।१ ख १२०१ नम्बरको बस र रा। ३ प ४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए।

मोटरसाइकल चालक नेपालीलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको थियो । उहाँको उपचारको क्रममा साँझ करिब पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बस र बस चालक प्रहरीको नियन्त्रणमा लिएको पनि जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?