नक्कली शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्‍याउन विवेकशील साझाको माग

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विवेकशील साझा पार्टीले नक्कली शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्‍याउन सरकारसँग माग गरेको छ ।

शुक्रबार अध्यक्ष समीक्षा बाँस्कोटाले विज्ञप्ति जारी गरेर नक्कली भुटानी शरणार्थी प्रकरणका सबै दोषीलाई कारबाही गरेर परिणामुखी बनाउन सरकारसँग माग गर्नुभएको हो ।

अन्यथा दलीय पूर्वाग्रहका कारण दोषीलाई उन्मुक्ति दिइ भयावह अवस्था श्रृजना हुन सक्ने उहाँको चेतावनी छ ।

 

विज्ञप्ति :

मितिः २०८०/०१/२९  गते

ट्रान्सपरेन्सी ईन्टरनेशनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष संसारका भ्रष्ट मुलुकहरुको अग्रसूचीमा नेपाल उक्लिरहेको तथ्यांकका  बिच नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वमै लज्जास्पद रुपमा चित्रित भईरहेको प्रति विवेकशील साझा पार्टीको विशेष ध्यानाकर्षण भएको छ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न उच्च पदस्थ कर्मचारी र राजनीतिक दलका उच्च तहका नेताहरुसम्मलाई छानविनको दायरामा ल्याएर प्रशंसनिय काम गरिरहेको प्रति विवेकशील साझा पार्टी सरकारलाई विशेष धन्यवाद दिँदै ऐक्यवद्धता प्रकट गर्दछ।

नक्कली शरणार्थी प्रकरण भ्रष्टाचारसंगै मानवता विरुद्धको संगठित अपराध भएकाले अन्तराष्ट्रिय जगतमा समेत नेपालको साःख गुमिरहेको यो प्रकरणलाई सार्थक टुंगोमा पुर्याई  दोषीलाई कार्वाही गर्न कुनै प्रकारको दवाब, प्रभाव र राजनीतिक सौदावाजीमा नपर्न विवेकशील साझा पार्टी सरकारलाई जोडदार माग गर्दै निरन्तर खबरदारी गरिरहने प्रण गर्दछ।

नक्कली शरणार्थी प्रकरणमा उच्च नेता, कर्मचारी र उनीहरुका आफन्त समेत प्रत्यक्ष जोडिएकाले नेपाली परम्परागत राजनीतिको विद्रुप तस्वीरलाई नागरिकहरुले कसरी सहिरहेका छन भन्ने टड्कारो सवाललाई नजर अन्दाज नगर्न दलका नेता, कर्मचारी र सरोकारवालाहरुलाई स्मरण गराउँदै विवेकशील साझा पार्टी भ्रष्टाचार विरुद्ध शून्य सहनशिलतामा विश्वास गर्ने पार्टी भएको पुनः स्मरण गराउन चाहन्छौ ।

विवेकशील साझा पार्टी नक्कली शरणार्थी प्रकरणलाई सार्थक र परिणाममुखी निष्कर्षमा पुर्याई जनमानसमा सकारात्मक सन्देश दिएर भ्रष्टाचारका अन्य चर्चित काण्डहरु  वाईडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस (सत्तरी करोड), सिसीटीभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, वालुवाटार जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डलाई छानविन गरी दोषीलाई कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न सरकासंग जोडदार माग गर्दछ।  विवेकशील साझा पार्टी सबै प्रकारका भ्रष्टाचार विरुद्ध हाम्रो पूर्ण ऐेक्यवद्धता रहेको पुनः दोहोर्याउँन चाहन्छौ ।

समीक्षा बास्कोटा
अध्यक्ष
विवेकशील साझा पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?