भक्तपुर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नयाँ सञ्चालकमा छजना निर्वाचित भएका छन् । संस्थाको २२औँ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालकमा खेमबहादुर पाठक, डा. बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त निर्वाचित भएका हुन् ।
ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्था र समान प्रकृतिका संस्थामार्फत् थोक कर्जा प्रदायक संस्थाका रूपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था गत असार २४ गते मर्ज भएका थिए ।
७७ जिल्लामा सेवा विस्तार गरेको संस्थाको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँ पुगेको छ । पाँच सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी एक हजार छ सय ३६ साझेदार संस्थामार्फत् १० लाख २९ हजार आठ सय ७५ परिवारमा संस्थाको सेवा पुगेको छ । जसअन्तर्गत दलित ११, जनजाति ३९ र अन्यको ५० प्रतिशत रहेको महिला सहभागिता ७९ प्रतिशत रहेको संस्थाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच