धादिङको धुनिवेशीमा गुडिरहेको बसमा आगलागी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । पृथ्वीराजमार्ग अन्तर्ग धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ स्थित गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो । शनिवार बिहान ११ बजेर २५ मिनेटको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार ३३ जना यात्रुहरु भने सकुशल रहेका छन् । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

बसका सिट भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?