कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज फिर्ता लैजानुपर्छ : बामदेव गौतम

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताउनु भएको छ ।

सांसद गौतमले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने पनि बताउनु भयो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उहाँले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरुले पनि सहयोग गर्ने स्पष्ट पार्नु भयो । नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पनि पटकपटक दोहो¥याउनु भयो ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक 'Nepal India Fronlier Diplomacy In Reference TO Kali River: Perspectives Of International Law' को बिमोचन कार्यक्रममा बोल्दै उहाँले सो भूभाग नेपालको हो भन्ने कुरामा कुनै दुविधामा पर्न नहुने स्मरण गराउनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘प्रतिनिधिसभाले सर्वसम्मतिले, नेपालका राजनीतिक पार्टीहरुको सर्वसम्मतिले त्यो कालापानीदेखि, लिपुलेकदेखि, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो । र, नक्शा जारी गरेर संसारको अगाडि देखाउनु पर्छ भनेर निर्णय गरेर त्यो नक्शा जारी गरियो । सरकारको नीति तथा कार्यक्रममा समावेश गरियो । र, संसदले सर्वसम्मतिले पारित ग¥यो । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले त्यसलाई पारित गरेको छ । र, त्यो आज नेपालको भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन । अव मान्न पर्छ कि नेपालले भारतको मिचाहा प्रवृत्ति अतिक्रमणका गरिएको भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरु तुरुन्त फिर्ता भएर भारतमा जानुपर्छ । त्यो हाम्रो भूमिका बस्न पाईन्न भन्ने विषय हाम्रो आजको विषय हो । त्यसो भएर हामीले त्यसो गर्ने कि नगर्ने, त्यो चिजमा जाने कि नजाने ? भन्दाखेरी म एउटा सान्दर्भिक तथ्य तपाईहरुलाई प्रस्तुत गर्छु । उहिले इशापूर्व पाँचौ शताब्दीमा गौतम बुद्धलाई घर छोडेर हिँडने बनाउने एउटा घटना हो । त्यहाँ रोहीनी नदी छ । त्यो रोहीनी नदीभन्दा पूर्व र पश्चिमतिर शाक्य राज्य बीच झगडा भयो । र, यति सानो विषयमा हामीले युद्धमा जानु हुन्छ भनेर भन्दाखेरी पूर्वीयतर्फको सदनले पास ग¥यो–यो शाक्य पक्षले हाम्रो सबै पानी लिएर गयो भन्ने विषय होइन । विषय सार्वभौमिकताको विषय हो । आज पानी लैजान्छ, भोली हाम्रो देशै लुटन आउँछ । त्यसो भएर या त युद्ध गर्नु पर्छ, या त जसले त्यो पानी लगेको छ । त्यसको मृत्यु हुनुपर्छ भनेर भन्ने विषय उसले राख्यो । र, त्यो विषयलाई साम्य पार्नका निम्ति, दूई वटा समूहबीच युद्ध नहोस् भन्नका निम्ति गृहत्याग गर्न प¥यो गौतम बुद्धलाई । र, त्यसपछि बुद्ध भए । यो सार्वभौमिकताको सवाल हो । हामीले त्यहाँबाट भारतीय फौंज र कर्मचारी जति छन, ती सबै तुरुन्त निस्कन पर्छ भनेर भन्ने विषय नेपाली जनताको बीचमा लैजानु पर्छ । र, हाम्रो सार्वभौमिकताको रक्षा गर्नु पर्छ । हामीले त्यसो गर्न सक्छौ कि सक्दैनौं भन्ने सन्दर्भमा यो कितावले देशभित्र त यो सबै गर । अन्तराष्ट्रिय क्षेत्रमा जाने हो भने पनि धेरै यस्ता कानुनहरु छन, जसले हामीलाई सर्पोट गर्छ । हामीलाई अगाडि बढन सर्पोट गर्छ भन्ने विषय यहाँ छ । हामी सुगौली सन्धितर्फ जान सक्छौं कि सक्दैनौं भन्दा त्यता जान हुन्न । तर हाम्रा इतिहास अध्ययन गराउँदाखेरी सम्पूर्ण इतिहास अध्ययन गराउनु पर्दछ । नेपाल ४ हजार वर्षदेखि यहाँ स्थापित छ । भारत १९४७ बाट बनेको हो । त्यो भन्दा अघि किम्वदन्ती र पुरानहरुमा उल्लेख भएको भारत हो । त्यो सत्य होइन । अहिले उसले धेरै ठाउँमा हाम्रो सिमाना मिचेको छ । त्यहाँ हाम्रो भूभागनै मिचेर लगेको छ । नेपाल सरकारसँग कहिल्यै सम्झौता गरेको छैन । त्यो लिएर गएको छ । त्यो हामीले फर्काउनै पर्छ, फर्किनै पर्छ । किनकी हाम्रा सार्वभौमिकता खण्डित भएको छ ।’

सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?