नेपाल लाइफको नाफा ३२९.५२ प्रतिशतले बढ्यो

Read Time = 3 mins

काठमाडौं । नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३२९.५२ प्रतिशतले बढेको छ ।

त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा करिब एक खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढेर करिब एक खर्ब ५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने महाविपत्ति कोषमा ८३ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १५.४९ प्रतिशतले बढी हो ।

कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म एक खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी उल्लेख्यरूपमा घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा करिब एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी बाँकी दाबीबापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटेर ८४ करोड रहेको छ । त्यसैगरी चैतसम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको हो ।

आठ अर्ब २० करोड चुक्ता पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुर्ई हजार ९० रुपैयाँ र औसत प्रतिफलदर १०.८४ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?