‘अबको शिक्षा एक विद्यार्थी, एक सीपको हुनुपर्छ’

Read Time = 4 mins

काठमाडौं । अहिलेको बजारको मागअनुसार शैक्षिक संस्थाहरूले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताइएको छ । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरद्वारा उद्योगी व्यापारीसँंगको मिट एण्ड ग्रेट कार्यक्रमका सहभागी वक्ताहरूले अहिलेको चुनौती सामान गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष इञ्जिनियर डा. मिथिलेशकुमार झाले मिलेर अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुुभयो । आफूहरूले उद्योगका लागि आवश्यक जनशक्ति तयार पार्ने र उद्योगी व्यवसायीका लागि त्यस्ता दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले सहकार्य गरेर अघि बढ्न उहाँको आग्रह थियो ।

दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था र उद्योगीबीचको रिलेसन ग्याप हुँंदा कस्तो जनशक्ति बजारमा आवश्यक भइरहेको छ भन्ने विषय नै ओझेलमा पर्न गइरहेको झाको भनाइ थियो ।

विश्व बजार प्रतिस्पर्धी भएकाले अब शैक्षिक संस्थाहरूले पढाइसँंगसँंगै प्रत्येक विद्यार्थीलाई एउटा न एउटामा सीपयुक्त विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता आँैल्याउँदै झाले भन्नुभयो, ‘अबको शिक्षा एक विद्यार्थी, एक सीपको हुनुपर्छ, नभए त काम नै छैन ।’

धेरै शैक्षिक संस्थाले अहिले बजारले कस्ता जनशक्ति मागिरहेको छ भन्ने जान्न नै नसकेको भन्दै उहाँले आगामी १० वर्षपछि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने अनुसन्धान गर्दै सोहीअनुरूपको विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

डा. झाले भन्नुभयो, ‘अबको १० वर्षपछि सबै काम रोबोर्टले गरेर जनशक्ति नै नचाहिने हुनसक्छ, जस्तो कि मानिसले लगाउने कोट नै रोबोर्टले बनाउनेछन्, त्यस्तो बेला कोट बनाउने मानिसको खाँंचो नै हुने छैन । बरु यो कोटलाई चिसोको बेला तातो हुने अनि तातोको बेला चिसो हुने विशेषतायुक्त बनाउन चाहिँ मानिस चाहिने हुनसक्छ ।’ शिक्षा जुनसुकै समस्या समाधान गर्न सक्ने क्रिटिकल थिंकिङ भएको, इनोभेटिभ माइण्डको जनशक्ति तयार गर्नुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघ भक्तपुरमा हुने हरेक व्यापार व्यवसायलाई अघि बढाउन तत्परतासाथ लागिपर्ने बताउनुभयो भने संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले व्यापार व्यवसायका चुनौतीको सामना गर्न सक्ने दक्ष जनशक्ति शैक्षिक उत्पादनमा जोड दिनुभयो ।

स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले देशमै विश्वस्तरको शिक्षा दिने शिक्षालय बनाउने महान् उद्देश्यका साथ स्कुल सञ्चालनमा ल्याएको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?