गायक सुनिल कटुवालकाे ‘झुम्कावाली’ सार्बजनिक

Read Time = 2 mins

काठमाडाैं । लामो समय देखी अष्ट्रेलियाको सिड्नी बस्दै आएका गायक सुनिल कटुवालले उनको नयाँ गीत 'झुम्कावाली' शनिबार सार्बजनिक गरेका छन् ।

सुनिल कटुवाल युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको गीतमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको सामुहिक नृत्य रहेको छ भने मोडल आभा थापालाई फिचरिङ गरिएको छ ।

दर्जनको हाराहारीमा हिट गीत दिएका कटुवालले गत महिना मात्रै 'जब नजिक' बोलको गीत सार्बजनिक गरेका थिए । एक महिनाको अन्तरमा सार्बजनिक गरिएको 'झुम्कावाली'मा बोल्ड मोडलका रुपमा चिनिएकी मोडल अनिशा पोख्रेलको समेत फिचरिङ रहेको छ । पोख्रेल र गायक कटुवाललाई श्रेया ज्ञवाली र दिपिका तामाङले साथ दिएका छन् ।

यसअघि सार्बजनिक कटुवालको 'कपुरी क','ताराबाजी लै लै', 'मुखैमा राम-राम', 'केटो अलि कमाउने होस', 'डाडँ कटौला'लगायतका गीतहरु चर्चित छन् ।

भीमफेदी गाईज संग सहकार्य गर्न पाउदा खुसी ब्यक्त गर्दै गायक कटुवालले 'झुम्कावाली'ले दर्शक/स्रोताको मन जित्ने बताए । उनले आगामी दिनहरुमा समेत गीत संगीतलाई निरन्तरता दिने बताए ।

सार्बजनिक गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन, पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भीमफेदी गाईजका निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोमा सपना लम्साल र मन्जु रानाको मेकअप रहेको छ भने, अष्ट्रेलिया अंशको छायाँकन राजीब बस्नेतले गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?