बालकृष्ण खाँणलाई निलम्बनको माग गर्दै नेविसंघको प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ।

उनीहरुले त्रिचन्द्र क्याम्पसमा कैदीको भेषमा विद्यार्थीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उनीहरूले ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरे। ​

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । तर, कांग्रेसले खाँणलाई पार्टी सदस्यबाट भने निलम्बन गरेको छैन ।

त्यसपछि दुई चोटी बसेको कांग्रेसको पदाधिकारीको बैठकमा खाँणको निलम्बनका विषयमा गर्ने र नगर्ने भन्ने दुई थरी धारणा आएको समाचार बाहिरिएका थिए ।

यही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ भने एमालेले रायमाझीलाई निलम्बन गरेको छ । तर रायमाझी फरार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?