यस्तो छ तपाईंको जेठ १ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ १ गते सोमबार, ई.सं. १५ मे, २०२३ । तिथि- ज्येष्ठ कृष्णपक्ष एकादशी, नक्षत्र- पूर्वभाद्रपदा, १०ः१० बजेसम्म त्यसपछि उत्तरभाद्रपदा, योग- विष्कम्भ, , करण- वव, चन्द्रराशि- मीन, सूर्योदयः ५ः१७, सूर्यास्तः १८ः४५ ।

मेष : कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?