नेकपा एमाले निकट बिद्यार्थी युवा संगठनले भ्रष्टचारबिरुद्ध प्रदर्शन गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध बिशाल प्रदर्शन गर्ने भएका छन् ।

अनेरास्ववियू तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट बिद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआईपीहरुलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र बिद्यार्थी संगठनहरूले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ आज बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन्।

सो प्रदर्शनी रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?