एमाले सांसद रायमाझी निलम्बनमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् ।

रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले उनको निलम्बनसम्बन्धी सूचना जारी बैठकमा जानकारी गराउनु भयो ।

पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?