ट्याक्टरबाट खसेर पाँचथरमा दिदीबहिनीको मृत्यु, दुई जना घाइते

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 1 min

पाँचथर । मेचीराजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका वडा न. ७ स्थित भारपाको साम्मेवामा मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा २ जना दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कमल सुवेदीका छोरीहरु १२ वर्षिया पूजना र १० वर्षिया गंगा रहेका छन् । मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर उनीहरुको मृत्यु भएको हो ।

उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ४ र ८ मा अध्ययनरत थिए ।

चालक सिटको छेउमा रहेका उनीहरू ट्याक्टरबाट खसेपछि चक्काले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिनुभयो ।

दुई विद्यार्थीको ज्यान गएपछि चालकले ट्याक्टर छाडेर फरार भएका छन् । अन्य दुई जना विद्यार्थी पनि घाइते भएका छन् । घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?