नेपाल साफ च्याम्पियनसिपको कठिन समूहमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल(साफ) च्याम्पियनसिपको कठिन समूहमा परेको छ । भारतको नयाँदिल्लीमा बुधबार भएको समूह विभाजनमा नेपाल आयोजक तथा साबिकको विजेता भारतसँगै समूह ‘ए’ मा परेको हो ।

समूह ‘ए’मै अर्को दाबेदार टोली पाकिस्तान तथा पहिलोपटक सहभागी हुन लागेको कुवेत पनि परेको छ । समूह ‘बी’मा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । साफ च्याम्पियनसिप भारतको बेंग्लोरमा असार ६ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।

यसपल्ट दक्षिण एसियाली क्षेत्रबाहिरका कुवेत र लेबनानलाई पहिलोपल्ट समेटेर साफ च्याम्पियनसिप हुँदैछ । दुई साताअघि बसेको साफको बैठकले ती देशहरूलाई थप्ने निर्णय गरेको थियो । दक्षिण एसियाका सातमध्ये ६ राष्ट्रको सहभागिता साफ च्याम्पियनसिपमा रहनेछ । श्रीलंकाले भने फिफाबाट प्रतिबन्धका कारण सहभागिता जनाउने छैन ।

नेपाल अघिल्लो संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोली हो । माल्दिभ्समा भएको अन्तिम संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधिबाट चुकेको थियो । त्यसअघि भने नेपाल सधैँ सेमिफाइनलमा रोकिँदै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?