‘नेवाः सुपरस्टार सिरपा’ सम्पन्न

Read Time = 2 mins

काठमाडौं । नेपाल भाषा चलचित्र निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रूपेन्द्र श्रेष्ठ विजेता घोषित हुनुभएको छ ।

त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता हुनुभएको छ । प्रतियोगितामा कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

विजेताले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रम संयोजक सुरेन्द्र तुलाधरका अनुसार कार्यक्रममा विभिन्न कलाकारले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक गायिकाले नेपाल भाषाका गीत गाएका थिए । नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यासुन्दर शाक्य, गोपालकाजी कायस्थ, प्रकाश सायमी, पल्पसा डंगोल, विजयरत्न तुलाधर र यमन श्रेष्ठलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?