शहीद स्मारक लिगः आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुँदैछ ।

च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?