प्रश्नहरु औपचारिकता मात्रै र उत्तर ओठे प्रतिवद्धता मात्रै नहोउन् : अध्यक्ष ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य प्रतिकुलताका कारण आजको संसद बैठकमा सहभागि हुन नसकेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले यस्तो जानकारी गराउनु भएको हो ।

सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच जनताका सबालजवाफको नयाँ प्रचलन सुरु गरेकोमा पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष ओलीले खुशी व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने यसअघि आफू बताएको र  स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने उहाँले बताउनु भएको छ ।

उहाँले सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको ठीक रहेको बताउँदै देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर नपुग्ने बताउनु भएको छ । साथै उहाँले जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?