पोखरामा नगरबसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । पोखरामा नगर बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ हेमजाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको हो ।

छोरेपाटनबाट विश्व शान्ति स्तुपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताउनु भयो ।

विकका अनुसार दुर्घटनामा स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?