देशभर बिमाको पहुँच विस्तार र वैदेशिक रोजगारीमा जाने युवालाई लगानी गर्न प्रेरित गरिने

Read Time = 1 min

काठमाडौं । सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने जानकारी दिनुभएको हो ।

देशभर बिमाको पहुँच विस्तार गरिने र  न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने राष्ट्रपति पौडेलले बताउनु भयो ।

राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिनुभयो ।

सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?