शहीद स्मारक ‘ए’ डिभिजन लिग : थ्रीस्टारमाथि सातदोबाटोको सान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार सम्पन्न ललितपुर डर्बीमा थ्रीस्टार क्लबमाथि सातदोबाटो युथ क्लबले सानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले थ्री स्टारलाई दुई-शुन्य गोल अन्तरले हराएको हो ।

सातदोबाटोका लागि दुबै गोल विदेशी खेलाडी विलियम ओपोकुले गर्नुभयो । दुबै गोल दुबै हाफमा भएको थियो । खेलको २४ औं मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाउनुभएको थियो । त्योसँगै पहिलो हाफमा सातदोबाटोले एक-शुन्यको अग्रता लियो ।

दोस्रो हाफको सुरुवातमै सातदोबाटोले अग्रता दोब्बर बनायो । ४७ औं मिनेटमा विलियमले फ्रिकिकमार्फत सानदार गोल गर्दै सातदोबाटोलाई दुई-शुन्यको जित दिलाउनुभयो । यस जितसँगै सातदोबाटोले पहिलो लेगमा थ्री स्टारसँग व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो लेगमा थ्री स्टारले सातदोबाटोलाई एक-शुन्यले हराएको थियो । सातदोबाटोको यो आठौं जित हो । सातदोबाटोले १९ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौंथो स्थानमा रहेको छ । थ्री स्टार १९ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?