एमाले सांसद शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइयो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्ने क्रममा उहाँले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बस्नुभएकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो ।

एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गर्नुभएको थियो ।

बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उहाँले सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन ? भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको आरोपसमेत लगाउनु भएको थियो ।

त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकोमा उक्त अभिव्यक्ति हटाइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?