कर्णालीमा डुबेर कैलालीका एक किशोरको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका(५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?