काठमाडौं । आजदेखि एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ सुरु हुने भएको छ । पहिलो दिन आयोजक नेपाल किर्गिस्तानसँग भिड्दै छ।
नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अपराह्न साढे ४ बजे सुरु हुनेछ । साविक विजेतासमेत रहेको नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। प्रतिस्पर्धामा आठ टोली रहेका छन् ।
नेपालसहित किर्गिस्तान, बंगलादेश र भारत समूह ‘ए’ मा तथा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र कजाकस्तान समूह ‘बी’ मा रहेका छन् । राखेप कभर्डहलमा सोमबार बिहान ९ः३० बजे उज्वेकिस्तान र श्रीलंकाको खेलबाट प्रतियोगिता प्रारम्भ हुनेछ ।
दिउँसो १२ बजे बंगलादेश र भारत, ४ः३० बजे नेपाल र किर्गिस्तान तथा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच खेल हुनेछ । दुई समूहको राउन्ड रोबिन लिगपछि शीर्ष दई टोली सेमिफाइनल पुग्नेछन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर