एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आजदेखि एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ सुरु हुने भएको छ । पहिलो दिन आयोजक नेपाल किर्गिस्तानसँग भिड्दै छ।

नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अपराह्न साढे ४ बजे सुरु हुनेछ । साविक विजेतासमेत रहेको नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। प्रतिस्पर्धामा आठ टोली रहेका छन् ।

नेपालसहित किर्गिस्तान, बंगलादेश र भारत समूह ‘ए’ मा तथा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र कजाकस्तान समूह ‘बी’ मा रहेका छन् । राखेप कभर्डहलमा सोमबार बिहान ९ः३० बजे उज्वेकिस्तान र श्रीलंकाको खेलबाट प्रतियोगिता प्रारम्भ हुनेछ ।

दिउँसो १२ बजे बंगलादेश र भारत, ४ः३० बजे नेपाल र किर्गिस्तान तथा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच खेल हुनेछ । दुई समूहको राउन्ड रोबिन लिगपछि शीर्ष दई टोली सेमिफाइनल पुग्नेछन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?