अभिनेता आदित्य सिंह राजपुतको निधन

Read Time = 2 mins

मुम्बई । अभिनेता आदित्य सिंह राजपुतको निधन भएको छ । उहाँको शव मुम्बईको अंधेरीस्थित अपार्टमेन्टमा भेटिएको मुम्बई प्रहरीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भवनको चौकीदारले आदित्य सिंह राजपुतलाई अस्पताल पु¥याए जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

आदित्य आफ्नो सहयोगीसँग लोखंडवाला अंधेरीमा बस्दै आउनुभएको थियो । ९ अगस्ट १९९० मा उत्तराखण्डमा जन्मनुभएका आदित्यले आफ्नो करियर मोडलिङबाट सुरु गर्नुभएको थियो । पछि उहाँले चलचित्र र टिभी कार्यक्रममा पनि काम गर्नुभयो ।

उहाँले ‘स्प्लिट्सभिला’बाट चर्चा पाउनुभयो । उहाँ कास्टिङ डायरेक्टर पनि हुनुहुन्थ्यो । आदित्यले टिभी विज्ञापन, टिभि सिरियल र चलचित्रमा अभिनय गर्नुभएको छ । सन् २००८ मा उहाँले अजय देवगन र काजोलको चलचित्र ‘यू मी और हम’ मा पनि काम गर्नुभएको थियो । टिभीमा ‘प्यार तुने क्या किया’, ‘ये है आशिकी’, ‘स्प्लिट्सभिला’मा उहाँको अभिनय छ । आदित्यले आफ्नो सेलिब्रेटी डिजाइनिङ कपडा लाइन ‘पप कल्चर’ पनि सुरु गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?