चेन्नाई १० औँ पल्ट फाइनलमा

Read Time = 2 mins

चेन्नाई । चेन्नाई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल)मा १०औँ पटक फाइनलमा प्रवेश गरेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साबिक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नाई उपाधि नजिक पुगेको हो ।  १०औँ पल्ट फाइनलमा पुगिसकेको चेन्नाईले चारपल्ट उपाधिसमेत जितेको छ । आइपिएलमा सर्वाधिक धेरै मुम्बई इण्डियन्सले पाँचपटक उपाधि जितेको छ ।

चेन्नाईविरुद्ध जितका लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १५७ रनमा अल आउट भएको थियो । गुजरातका शुभमन गिलले ३८ बलमा चार चौका र एक छक्कासहित ४२ रन बनाउनुभयो । चेन्नाईको जितमा रविन्द्र जडेजा, दीपक चाहर र मथिशा पाथिरानाले समान दुई विकेट लिनुभयो ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । चेन्नाईका युवा ओपनर ऋतुराज गायकवाडले जीवनदानको फाइदा उठाउँदै ४४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६० रनको योगदान दिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?