एक अर्ब ८७ करोडको सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार १६.४९ अंकले बढेर १९५९.१२ अंकमा पुगेको छ । बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेर ३७१.३१ अंकमा पुगेको छ भने कारोबार भएका कुल १३ समूहगत सूचकमध्ये फाइनान्स, जलविद्युत् र म्युचुअल फण्डमा सामान्य गिरावट आए पनि बाँकी समूहको सेयर मूल्य बढेको छ । उत्पादनमूलक ४.६९, होटल तथा पर्यटनमूलक ४.४७, लघुवित्त २.१८, व्यापार १.६०, अन्य १.५३, निर्जीजन बीमा १.२९ र जीवन बीमाको इन्डेक्स १.२० प्रतिशतले बढेको छ ।

यस दिन कुल ४८ लाख ६५ हजार चार सय ७५ कित्ता सेयर एक अर्ब ८७ करोड ३० लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो । मंगलबार भने दुई अर्ब २० करोड २३ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्टको १४ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरका तीन लाख २६ हजार ३४ कित्ता सेयर खरिदबिक्री भएका छन् भने नेसनल लाइफ इन्स्योरेन्स सात करोड ७४ लाख ७१ हजार, हिमालयन डिष्टिलरी पाँच करोड ८१ लाख २९ हजार, सोल्टी होटल पाँच करोड ६८ लाख १९ हजार र ओरियन्टल होटलको चार करोड ६० लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त, युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

तर, सानिमा इक्विटी फण्डको इकाई मूल्य ३.७७, अजोड इन्स्योरेन्सको ३.६३, सुपर मादी हाइड्रोपावरको ३.४०, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई मूल्य ३.२९ र लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य भने तीन प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बिहीबार सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएकाले अब आइतबारमात्रै सेयर कारोबार खुला हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?