लिस्नु कप फुटबलको २० औँ संस्करण भदौ १८ गतेदेखि

Read Time = 2 mins

रुपन्देही । लिस्नु कप फुटबलको २० औँ संस्करण यही भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुने भएको छ ।

कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि रोकिएको लिस्नु कपबारे कोटिहवा माध्यमिक विद्यालयको प्राङ्गणमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार र सेमी फाइनलमा पुगेका अन्य दुई समूहलाई रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक नेमबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु र स्याङजाको वालिङ गरी १६ समूहको सहभागिता रहने आयोजकले जनाएका छन् । रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई नगद र मेडलसहित पुरस्कृत गरिने छ । स्थानीय श्रीमाया गुरुङले आफ्ना बुबा स्व डिमबहादुर गुरुङको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?