हावाहुरीले घर ढल्दा च्यापिएर महिलाको निधन

हिमालय टाइम्स
Read Time = 1 min

सर्लाही । हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ ।

बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका-२  का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो ।

बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उनी सोही घरमा चेप्पिन पुगेकी थिइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?