असिनासहितकाे अविरल वर्षाले हुम्लामा लाखौंको क्षति

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । दुई दिनको लगातारको अविरल वर्षा र असिना पानीले तीस लाख बराबरको क्षति भएको छ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका(३ मेखला गाउँमा बिहिवार परेको वर्षासँगैको असिना पानीले खेतबारीमा रहेको गहुँ बालीमा क्षति पुर्याएको हो । मेखाला गाउँका स्थानीयले खेतमा लगाएको गहुँ बाली घर भित्र्याउने समयमा अविरलको वर्षाले क्षति पुर्याएको हो ।

करिब पचास घरधुरीले केही घरको छतमा सुकाएर राखेको, खेतमा रहेको गहुँ, जौ, मकै र आलु लगायतको अन्नबाली नष्ट भएको मेल्छाम प्रहरी चौकीलाई उद्वित गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

नजिकै रहेको प्रहरी चौकीको टोलीले क्षति पुर्याएको स्थानमा पुगेर स्थलगत मुचुल्का गर्दा रु ३० लाख ८० हजार बराबरको क्षेति पुगेको हो ।
घरमा ल्यनइसकेको गहुँ, जौ र घर ल्याउने तयारीमा रहेको अन्नबालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् ।

जेठासी बालीमा यसरी क्षति पुग्दा थप समस्या हुने भएको छ । कहिले खडेरी त कहिले अविरल वर्षा र असिना पानीले किसानले लगायको अन्नबालीमा वर्षेनी क्षति पुर्याउदै आएको छ । घर पुर्याउन लागेको बालीमा यसरी क्षति पार्दा भोकमरी हुने भएको भन्दै किसान चिन्तित बनेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?