सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट प्रयोग गर्नु पर्ने व्यवस्था

Read Time = 1 min

काठमाडौं । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्नु पर्ने बताउनु भयो ।

उहाँले आगामी आर्थिक वर्ष देखि स्वदेशी सिमेन्टका सडक बनाउने नीति अघि सारेको बताउनु भयो । उहाँले बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने बताउनु भयो। उहाँले सरकारले ढुङ्गा र गिटी निकासी गर्न आधार तयार गर्न बताउनु भयो।
उहाँले अर्थमन्त्री महतले विभिन्न ३६ वटा वस्तुमा दिँदै अनुदानमा ९० करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?