म्याग्दी । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् ।
अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत म्याग्दीका पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शिर्षकबाट सो बजेट अनुदान उपलब्ध गराएको हो । पालिकातर्फ आएको कुल बजेटमा चालुतर्फ १ अर्ब ८४ लाख ६७ हजार रुपैयाँ बजेट रहेको छ भने पुँजीगततर्फ २७ करोड ९५ लाख बजेट रहेको छ ।
संघीय सरकारले हिमाली जिल्ला म्याग्दी अन्तर्गत रहेको बेनी नगरपालिकालाई ५० करोड ७४ लाख, अन्नपूर्ण गाउँपालिकालाई ३४ करोड ८३ लाख, धवलागिरी गाउँपालिकालाई ३१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी मंगला गाउँपालिकालाई ३३ करोड ४८ लाख, मालिका गाउँपालिकालाई ३१ करोड ६६ लाख र रघुगंगा गाउँपालिकालाई ३० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
अघिल्लो आर्थिक बर्ष भन्दा बेनी नगर, मालिका र रघुगंगामा बजेट घटेको छ भने अन्नपूर्ण, धवलागिरी र मंगलामा बजेट बढेको छ ।
म्याग्दीमा २०७९/८०मा २ अर्ब ११ करोड ६१ लाख, २०७८/७९ मा २ अर्ब ६९ लाख र २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैया बजेट संघीय सरकारले म्याग्दीका स्थानीय तहलाई विनियोजन गरेको देखिन्छ । विकास बजेट राम्रोसंग कार्यान्वयन गर्न नसक्दा पालिकाले प्राप्त गर्ने अनुदान बढ्न सकेको छैन् ।
स्थानीय तहको बजेट जनप्रतिनिधि र कर्मचारीको तलव र सेवासुविधामात्र देखिन्छ । जनताको माग अनुसार काम गर्ने पुँजीगततर्फ न्यून बजेट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच