आज कति छ तरकारी तथा फलफूलको थोक मूल्य ? [सूचीसहित]

हिमालय टाइम्स
Read Time = 18 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ८०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३५, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २००, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ११० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३४०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी ११० र हरियो धनिया ११० रुपैयाँ पाइने समितले जनाएको छ ।

आज हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज फलफूल तथा तरकारीको मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?