पोखरामा जीप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

Read Time = 1 min

पोखरा । पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा तनहुँकी ३७ वर्षीय बसन्ती मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

म्याग्दीको मंगला १ घर भइ पोखरा बस्दै आएका गजेन्द्र पुन घाइते भएर गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका छन् । जीपका चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?