देश सञ्चालनका आधारहरू आफ्नै किसिमका हुुन्छन् । शासन व्यवस्था मर्यादा, नीति, धर्ममा चल्नुु अनिवार्य हुुन्छ । नीतिमा नचल्ने शासन व्यवस्थाले पतनको बाटो समातेको हुुन्छ । पतन शासकको मात्र होइन व्यवस्थाकै हुने गरेको छ । शासन सञ्चालनमा देखिएका अवरोध शासन र शासक पतनका कारण बन्न सक्छन् । शासन व्यवस्थाका सञ्चालक नीति र मर्यादामा नचलेका उदाहरणहरू हाम्रो सनातन परम्परामा धेरै छन् । रामायणमा रावणको शासन, महाभारतमा धृतराष्ट्रको शासन नीतिमा नचलेका कारण क्षति बेहोरोका हुन् । त्यसैले शासन सञ्चालनमा नीतिलाई नै प्राथमिकता दिएका छन् द्रष्टा ऋषिहरूले । शासन सञ्चालनमा केही अङ्गहरूको निर्देश पूूर्वका नीतिकारले गरेका छन् । ती नीतिको मर्यादामा रहेरमात्र शासनले पूूर्णता पाउने र व्यवस्थामा सहजपन आउने सन्दर्भलाई पूूर्वका ऋषिहरूले राजालाई प्रतीक बनाएका छन् । ती प्रतीकमा स्थापित भएका राजाको शासनमा धर्म, नीति, मर्यादा मुुख्य मानिएका छन् ।
देश सञ्चालनका दश अङ्ग
पुुराण तथा धर्मशास्त्रको इतिहासमा देव, दानव र मानवको व्यवस्था रहेको छ । यो मेरो त्यो तेरो तर मेरो पनि तेरो भन्ने अवस्था आएमा देवता मानिएको छ । यो मेरो त्यो तेरो तर तेरो पनि मेरो भएमा दानवका रूपमा स्वीकार गरिएको छ । मानिस भने सधैं तेरो र मेरोमा लडेको देखिन्छ । देव, दानव र मानवको अवस्थागत मान्यता चलनचल्तीमा यही हो । शास्त्रका आधारमा दानवका गुुरु शुुक्राचार्य हुुन् ।
शुुक्राचार्यसित मृतसञ्जीवनी विद्या थियो । मृतसञ्जीवनी विद्याका माध्यमबाट उनले युुद्धमा मारिएका दानवहरूलाई जीवित तुुल्याउने गर्दथे । दैत्य गुुरु भए पनि उनले देश सञ्चालनका अङ्गलाई दश भागमा बाँडेका छन् ।
सभासतः पुरोधादिलक्षणं यत्तदुुच्यते ।
पुुरोधाय प्रतिनिधिः प्रधानः सचिवस्तथा ।
मन्त्री च प्राड्विवाकश्च पण्डितश्च सुुमन्त्रकः ।
अमात्यो दूूत इत्येता राज्ञः प्रकृतयो दश ।
दशमांशाधिका पूर्वं दूूतान्ताः क्रमशः स्मृता ।।
पुुरोधा (आचार्य), प्रतिनिधि, प्रधान, सचिव, मन्त्री, प्राड्विवाक (न्यायाधीश) पण्डित, सुुमन्त्रक (असल सल्लाह दिने व्यक्ति) अमात्य, दूूत यी दश देश सञ्चालनका प्रमुुख व्यक्ति मानिएका छन् । यी सबैको तलब एकभन्दा अर्काको दशांस बढी हुुनुु आवश्यक मानेका छन् शुुक्राचार्यले । यिनमा पनि पुुरोधाको तलब सबैभन्दा बढी हुुुनुुपर्ने धारणा शुुक्राचार्यको रहेको छ । राज्य सञ्चालकलाई उचित सल्लाह र उचित निर्देशन दिने गुुरुको तलब सबैभन्दा बढी मानिएको छ ।
आजको शासन व्यवस्थामा देश सञ्चालकलाई उचित सल्लाह दिने व्यक्ति सदा अपमानित छ । चाकरी, चाप्लुुसीमा रमाउने व्यक्ति आफ्नै अहंमा रमाउने नेता आजका शासक हुुन् । कसरी देश सञ्चालन व्यवस्थित बनोस् । शुुक्राचार्यले देश सञ्चालनमा अति आवश्यक मानिएका यी दश प्रकृतिको वर्णन र तिनीहरूको सुुविधालाई व्यक्त गरेका छन् । यो असल देश सञ्चालनको अति महतवपूूर्ण अवस्था मानिएको पाइन्छ । यदि दश अङ्ग गतिलो तरिकाले सक्रिय भएमा देशको व्यवस्था गतिलो तरिकाले सञ्चालन हुने कुराको सङ्केत यहाँ पाईन्छ । यसका साथै यिनीहरूले पाउने तलबको समेत शुुक्राचार्यले निर्धारण गरेका छन् ।
चाकरी, चाप्लुुसीमा रमाउने व्यक्ति आफ्नै अहंमा रमाउने नेता आजका शासक हुुन् । कसरी देश सञ्चालन व्यवस्थित बनोस् । शुुक्राचार्यले देश सञ्चालनमा अति आवश्यक मानिएका यी दश प्रकृतिको वर्णन र तिनीहरूको सुुविधालाई व्यक्त गरेका छन् । यो असल देश सञ्चालनको अति महत्वपूूर्ण अवस्था मानिएको पाइन्छ ।
आजको शासनमा पनि सल्लाहकारको व्यवस्था गरिएको छ । राजनीतिमा जीवन अर्पण गरेका व्यक्तिहरू शासन सञ्चालमा रहेका छन् । आजको शासनमा सल्लाहकार राजनीतिक कार्यकर्ता हुने गरेका छन् । विज्ञ नभई कार्यकर्ता सल्लाहकार हुुनुुले व्यवस्था सदैव घृणित बनेर उपस्थित भएको पाइन्छ । देश सञ्चालनका लागि आवश्यक पर्ने व्यक्ति र पदको व्यवस्था जसरी शुुक्राचार्यले गरे त्यो आजको शासनमा देखिँदैन । अतः देश चलाउने अवस्था कमजोर बनेर रहेको पाईन्छ ।
देश सञ्चालनका आठ प्रकृति
व्यवस्थालाई चुुस्त र दुुरुस्त बनाउन शुुक्राचार्यले आठ प्रकृतिको चर्चा गरेका छन् । यी आठ प्रकृति गतिशील र व्यवस्थित भएमा देशको व्यवस्था सुुसङ्गठित हुने तर्कलाई शुुक्राचार्यले उल्लेख गरेका छन् ।
सुुमन्त्रः पण्डित मन्त्री प्रधानः सचिवस्तथा
अमात्यः प्राड्विवाकश्च तथा प्रतिनिधि स्मृतः ।
सुुमन्त्र (उचित सल्लाह दिने सल्लाहाकार) पण्डित, अमात्य (राजाका साथमा रही उचित राय शासकलाई दिने व्यक्ति) मन्त्री, प्रधान (मुुख्य सचिव) सचिव, प्राड्विवाक (न्यायाधीश) प्रतिनिधि यी आठ प्रकृतिका व्यक्तिले दिने उचित सल्लाहलाई शासकले आत्मसात गर्नु अनिवार्य मानिएको छ । आठ प्रकृतिका व्यक्तिले शासकलाई दिने सल्लाहले देश सञ्चानलको बागडोर व्यवस्थित हुन सक्ने सन्दर्भलाई शुुक्राचार्यले प्रस्तुत गरेका छन् ।
देश चल्नुु एउटा पक्ष हो तर व्यवस्थित तरिकाले चल्नु अर्को सन्दर्भ हो । देश व्यवस्थित तरिकाले सञ्चालन नभएमा राज्यका सबै निकाय, व्यक्ति, जनता पङ्गुु हुने तर्कलाई उनले उल्लेख गरेका छन् । देशको उचित सञ्चालन नै व्यवस्थित सञ्चालनका आधार हुुन् । यही आधारलाई शुुक्राचार्यले व्यक्त गरेका छन् । माथि उल्लेख गरिएका दश र आठ प्रकृतिबाट देशको सञ्चालन गतिलो, व्यवस्थित हुुने कुरा आचार्यले गरेका छन् । शासक यी अङ्गबाट समुुन्नत भएमा देशका सबै निकाय सक्षम हुने तर्क शुुक्राचार्यको रहेको छ । यी अङ्गले गति पाउने र ती अङ्ग सक्रिय भएमा राज्य व्यवस्था दीर्घकालिक हुुने कुुराको उल्लेख यहाँ गरिएको पाइन्छ ।
लक्षण र प्रकृति
शुुक्राचार्यले व्यक्त गरेका यी प्रकृति देश सञ्चालनका प्रक्रिया आफ्नै प्रकारका छन् । सबैको लक्षणलाई उनले जसरी राखेका छन् त्यो एउटा आदर्श देशको कल्पना थियो । आदर्श शासक बन्न र आदर्श देशको कल्पना दैत्य गुुरु शुुक्राचार्यको देखिएको छ ।
नीतिशास्त्रास्त्रव्यूूहादिकुुशलस्तुु पुुरोहितः ।
सैवाचार्यःपुुरोधा यः शापानुुग्रहयोः क्षमः ।।
नीति शास्त्रमा निपुुर्ण, युुद्धकला जानेको, शस्त्र र शास्त्रमा पूूर्ण, व्यूूह रचनामा सक्षम पुुरोहितलाई नै आचार्यको संज्ञा दिइएको छ । पुरोहित वा आचार्य श्राप दिन पनि सक्षम होस् तथा कसैप्रति अनुुग्रह गर्न पनि सक्षम होस् भन्ने तर्क शुुक्राचार्यले राखेका छन् । यी सबै कुुरा पूूर्ण भएमा राज्यको आचार्य वा पुुरोहित बन्ने तर्कलाई उनको नीति वचनले बल प्रदान गरेको छ । रामायणका विश्वामित्र, वशिष्ठ महाभारतका कृपाचार्य र द्रोणचार्य यही किसिमका आचार्य थिए । जसले राजालाई उचित सल्लाह दिए र राज्यव्यवस्थामा सहभागीसमेत बने । उनीहरूले राज्यबाट पनि उचित सम्मान पाए ।
शुुक्राचार्यले यी सबैको लक्षण र कर्मलाई शुुक्रनीतिमा उल्लेख गरेका छन् । उनले प्रतिनिधि र मुुख्यसचिव पनि परिपक्व बुुद्धिबाट खारिएको, माझिएको हुुनुुपर्ने कुरा उल्लेख गरेका छन् ।
कार्याकार्यप्रविज्ञाता स्मृतः प्रतिनिधिस्तुु सः ।
सर्वदर्शी प्रधानस्तुु सेनावित्सचिवस्तथा ।
उपयुुक्त र अनुुपयुुक्त छुट्याउन सक्ने, सबै कुराको विशेष ज्ञान राख्ने व्यक्ति प्रधान हुुन्छ भने सेनालाई व्यवस्थित तरिकाले चलाउन सक्ने वा सैन्य व्यवस्थाको जानकारी पाएको व्यक्ति मुुख्य सचिवका रूपमा स्थापित गरिनुुपर्दछ । देश सञ्चालनमा यी व्यक्तिहरू अति महत्त्वपूूर्ण मानिएका हुुन्छन् । यी व्यक्तिहरू सक्षम, सबल, नीति र मर्यादामा चल्ने खालका भए भने राज्य व्यवस्थाको मियो गतिलो हुुने सङ्केत शुुक्राचार्यले दिएका छन् । देशको महत्तालाई जानेको तथा व्यवस्थित तरिकाले देश सञ्चालन गर्न सक्ने व्यक्तिलाई नै देशले नियुुक्त गर्नुुपर्ने सन्दर्भलाई असल देश व्यवस्थाको पहिचान मानिएको छ । कुनै पनि देशमा स्थायी सरकारका रूपमा कर्मचारी रहेका हुन्छन् । तिनीहरूको उचित व्यवस्थापन भयो भने देशको व्यवस्था सहज तरिकाले चल्ले सन्दर्भलाई शुुक्राचार्यले यसरी भनेका छन्
मन्त्री तुु नीतिकुशलः पण्डितो धर्मतत्ववित् ।
लोकशास्त्रनयज्ञस्तुु प्राड्विवाकःस्मृतः सदा ।।
नीति जानेको सोही अनुुसार आचरण गर्ने मन्त्री, धर्म जानेको पण्डित, लोकव्यवहार र शास्त्र व्यवहारमा निपुुण व्यक्ति प्राड्विवाक (न्यायाधीश) हुुनुुपर्दछ । यी देश सञ्चालनमा अति महत्वका साथ आउने पात्र हुन् । नीति, मर्यादा, धर्मलाई अति उच्च प्राथमिकतामा राख्ने व्यक्तिहरू नै शासन व्यवस्थाका असल सञ्चालक मानिएका हुुन्छन् । देश सञ्चालनमा सबैभन्दा उच्च व्यक्तित्वमा पुुरोहितलाई राखिएको छ । आचार्य, गुरु, पुरोहितलाई उच्च सम्मानका साथ देश सञ्चालनमा प्राथमिकता प्रदान गरेमा राज्य व्यवस्था अति सुन्दर हुने कुराको सङ्केत शुुक्राचार्यले गरेका छन् ।
आजको अवस्था
आजको युुग विज्ञानमा विश्वास गर्छ । नीति, धर्म र विद्वत्तामा विश्वास गर्दैन । संसारका प्रत्येक देश आफ्नै व्यवस्थामा सञ्चालित रहेका छन् । ती व्यवस्थाका आफ्नै प्रक्रिया र पद्धति रहन सक्छन् । आजको शासन व्यवस्थामा आचार्य, गुुणवान् असल व्यक्ति हमेशा तिरस्कृत हुुने गरेका छन् । त्यही कारणले आजको विश्व हमेशा डर, त्रास र युुद्धमा बाँचेको छ । शासनमा देखिएका र व्यवस्थित रहेका सबै सन्दर्भलाई गतिलो तरिकाले बाहिर ल्याएर चलाउने हो भने आजको व्यवस्था सदैव सम्मानित व्यवस्था मानिन्छ । आचार्य तिरस्कृत, विद्वान् बहिष्कृत, कर्मचारी भष्टाचारी, जनता राजनीतिकर्मी भएका कारण आजको विश्व सन्त्रासमय तरिकाले सञ्चालनमा रहेको पाइन्छ ।
सल्लाहाकार कार्यकर्ता, कर्मचारी राजनीति पोषित भएका कारणले आजको विश्व राजनीति विश्वास, धर्म, कर्मबाट नभएर लोभलालचबाट सञ्चालित रहेको पाइन्छ । त्यसैले व्यवस्थित देश सञ्चालन प्रक्रियामा आचार्य, विद्वान् सदा सम्मानित हुुनुु आवश्यक मानिन्छ । यस्तो व्यवस्था नहुुनुु देश पतनको मुुख्य कारण हुनसक्ने सन्दर्भ हाम्रा आचार्यले राखेका छन् । नीति, मर्यादा र परम्परामा विद्यमान रहेका भावलाई समाहित गरेर नैतिक मूूल्यमा देश सञ्चालन गर्न सकेमा शासन व्यवस्था चेतनाको भावनाबाट अभिव्यक्त हुने कुराको उल्लेख मान्न सकिन्छ ।
आज वर्षेनी एक लाख हाराहारी विद्यार्थी र पाँच लाख हाराहारी वैदेशिक रोजगारमा विदेशिने अवस्था देशमा देखिएको छ । यही हाराहारीमा प्रत्येक वर्ष देशका युवाहरू बाहिरिने हो भने देश वृद्धवृद्धा तथा बालबालिकाको देश हुनेछ । यो अवस्थालाई आजका शासकले बुुझ्नुुपर्ने आवश्यकता देखिन्छ । राजनीतिमा आफूलाई झ्सदा चोखो मान्ने प्रवृत्तिका कारण आजको राजनीति सदा फोहोरी हुने अवस्थामा रहेको छ । प्रत्यक्ष निर्वाचनमा हारेका व्यक्ति नै राष्ट्रियसभामा पर्नु यसको उदाहरण होइन र ! नयाँ सोच र विचार राख्ने व्यक्तिलाई समाहित गरेको भए नयाँ विचार बाहिर आउने सम्भावना रहने गर्दथ्यो । तर त्यसो हुन सकेको देखिँदैन । यही आधारले देशलाई गतिशील बनाउँछ र !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच