नागरिकता विधेयक प्रमाणीकरणपछि अभिनेत्री मनिषा कोइरालाको टिप्पणी: ‘याद आयो लेण्डुप दोर्जेको’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै यसको चौतर्फी विरोध हुन थालेको छ । प्रमुख प्रतिपक्ष दल एमालेका अधिकांश शीर्ष नेताले यसको विरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

यसैबीच लामो समय भारतमै बसेर अभिनय क्षेत्रमा राम्रो नाम कमाउनु भएको अभिनेत्री मनिषा कोइरालाले समेत राष्ट्रपतिको उक्त कदमको विरोध गर्नुभएको छ । उहाँले ट्वीट गर्दै आफूलाई लेण्डुप दोर्जेको सम्झना आएको बताउनु भएको छ ।

लेण्डुप दोर्जे तिनै पात्र हुन् जसले स्वतन्त्र देश सिक्किमलाई भारतमा विलय गराउने अभियानको नेतृत्व गरेका थिए । लेण्डुप दोर्जेकै नेतृत्वमा सिक्किममा जनमतसंग्रह गरेर सिक्किमलाई भारतको प्रान्त बनाइएको थियो ।

— Manisha Koirala (@mkoirala) May 31, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?