रोमाञ्चक होडमा ‘ए’ डिभिजन लिग समिकरण

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा २३औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेशन पर्ने टुंगो छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेलमात्र बाँकी छन् । तीन चरणका खेल बाँकी रहेको समयमा लिगको अन्त्यमा कस्तो स्वरूप लिने हो र को बच्ने भन्नेमा सबै क्लबलाई चिन्ता छ ।

२३औं चरणसम्म लिग सकिए पनि तीन चरणका खेल बाँकी रहँदा कुनै पनि टोलीको उपाधि र रेलिगेशन टार्ने सम्भावना यकिन छैन । बाँकी तीन चरणमा कसले कसको विरुद्ध खेल्ने हो, त्यो निश्चित भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समीकरण प्रतिस्पर्धात्मक बनेको छ ।

यसै सिजन बढुवा भएको चर्च ब्वाइजले स्टार खेलाडीलाई समेट्दै लिग आरम्भव गरेसँगै २३औं चरणमा शीर्षस्थान लिन सफल भएको छ । ४१ अंक बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाइजले ११ खेलमा जित निकाल्दा आठ खेलमा बराबरी र चार खेल गुमाउन पुगेको छ । चर्च ब्वाइजलाई साविक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अंकले मात्र पछि रहेको मच्छिन्द्रले २३औं चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा नौ खेलमा बराबरी र चार खेलमा नतिजा सुम्पिएको छ । यस्तै दोस्रो स्थानको मच्छिन्द्रभन्दा दुई अंकले पछि तेस्रो स्थानमा रहेको जावलाखेलले भने जारी लिगमा अपेक्षाभन्दा धेरै राम्रो प्रदर्शन गर्नसक्यो । बलियो टोलीविरुद्ध सुखद् नतिजा निकाल्दा तालिकाको पुछार तिर अड्किएका टोलीसँग जावलाखेलको बिर्सन लायक प्रदर्शन रहृयो । जावालखेलले १० खेलमा जित निकाल्दा सात खेलमा बराबरी र ६ खेलमा नतिजा गुमाएको छ ।

यस्तै विभागीय टोली नेपालको पहिलो लेगमा खराब प्रदर्शन रहे पनि अन्त्यतिर पुलिसको प्रदर्शन सुधारिएको थियो । गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । यसैक्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रहृयो तर अहिले भने पुलिसलाई रेलिगेशन डर कम भएको छ । पुलिस पछिल्ला चारमा स्पष्ट जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । पुलिसले २३ खेलबाट १० खेलमा जित निकाल्दा चार खेलमा बराबरी र नौ खेलबाट अंक गुमाएको छ । यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङले पछिल्ला पाँच खेलमध्ये तीन खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरेपनि खेलमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । सिजन जारी रहँदा खराब लय रहँदा प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएसँगै र नयाँ प्रशिक्षक विसन गुरुङ जोडिएसँगै टोलीले सुधारिएको खेल देखाउन सक्यो ।

अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि २३औं चरणसम्म आइपुग्दा सन्तुलित खेल भएन । केही अनुभवी खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मीले छैटौं स्थानमा अटाएको छ । आर्मीले २३ खेलबाट सात जित निकाल्दा १० खेल बराबरी र ६ खेलमा नतिजा विपक्षी टोलीलाई सुम्पिएको छ । आर्मीको ३० अंक हुँदा शीर्षस्थानको चर्च ब्वाइजभन्दा ११ अंकले पछि छ र आर्मीको उपाधि अपेक्षा समाप्त भइसकेको छ । अर्को टोली हिमालयन शेर्पाको प्रदर्शन पहिलो लेगमा जस्तो दोस्रो लेगमा भएन । बलिया टोलीसँग सुखद् नतिजा निकाले पनि आपूmभन्दा तल रहेका टोलीसँग खुलेर खेल्न सकेन ।

हिमालयन शेर्पाले २३ खेल सक्दा सात खेलमा स्पष्ट अंक बटुल्दा नौ खेलमा बराबरी र सात खेल गुमाउन पुगेको छ । उता सातदोबाटो एकै चरणमात्र शीर्षमा टिक्यो, तर जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । त्यसपछिको डाउन फल भएको सातदोबाटाको प्रदर्शन राम्रो हुन सकेन । पछिल्ला पाँच खेलमा सातदोबाटोले लगातार चार खेलमा नतिजा गुमाउँदा शीर्षस्थानको होड कमजोर बन्यो । सातदोबाटो २९ अंकका साथ आठौं स्थानमा रहँदा जारी लिगमा आठ खेलमा जित, पाँच खेल बराबरी र १० खेल गुमाउन पुगेको छ । समान २९ अंक रहेको न्यूरोड टिम पनि २३औं चरणसम्म आइपुग्दा सन्तुलित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला पाँच खेलमा दुई जित दुई बराबरी र एक खेल गुमाएको न्यूरोड टिमको रेलिगेशन भय बाँकी छ । पुछारको खुमलटारले २४ अंक जोडेको छ । तीन खेलमध्ये सबैमा सुखद् नतिजा निकाले खुमलटारको समीकरणबाट बदलिनेछ र छैटौं स्थान देखिको टोलीलाई उत्तिकै डर छ ।

यस्तै अर्को विभागीय टोली एपीएफले सुरुवात राम्रो गरेपनि पछिल्ला पाँच खेलमध्ये दुई जितले राहत मिल्यो । यद्यपि एपीएफलाई रेलिगेशन बच्ने निश्चिता छैन । खराब लयलाई अनुभवि प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन् ।

थ्री स्टारका साख कमजोर बन्दै गएको छ । पछिल्ला पाँच खेलमध्ये थ्री स्टारले चार खेलमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ । थ्री स्टार २७ अंकका साथ तालिकाको ११औं स्थानमा छ ।

अर्को टोली संकटालाई पनि यो सिजन रेलिगेशन बच्ने सोचभन्दा माथि उठ्नका लागि मौका नै मिलेन । १२औं स्थानमा रहँदा संकटा रेलिगेशनभन्दा एक स्थानमाथि छ । ६ खेलमा मात्र स्पष्ट जित निकालेको संकटाले नौ खेलमा बराबरी खेल्दा आठ खेलमा नतिजा सुम्पिएको छ । पुछारमा रहेका फ्रेण्ड्स र खुमलटार भने रेलिगेशन बच्नका लागि संघर्ष गरिरहनुपर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?