सविता र सरोजको ‘एक चिम्टी सिन्दुर’मा अञ्जुको स्वर

Read Time = 1 min

काठमाडौं । सविता पोखरेलको शब्द र सरोज कोइरालाको संगीत रहेको गीत ‘एक चिम्टी सिन्दुर’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, विष्णु अधिकारीको संगीत संयोजन र विप्लव अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो म्युजिक खबर युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा सागर लम्साल ‘बले’, अञ्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक कथा जोडिएको छ । मायाप्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दुर’को महत्व र अभावलाई झल्काइएको छ । ‘एक चिम्टी सिन्दुर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरू जोडिएका छन् ।

नवराज उप्रेतीको छायांकन, नवीन उप्रेतीको सम्पादन रहेको भिडियोमा मेकअप आर्टिष्टका रूपमा सविना उप्रेती हुनुहुन्छ भने कला ग्रेडिङको काम मिलन विश्वकर्माले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?