प्रधान सेवकका गुुण भाग-२

Read Time = 19 mins

गत शनिबारको अङ्कमा प्रधान सेवकका ३२ गुुणमध्ये आठवटा गुुणहरूको चर्चा गरेको थिएँ । कुुनै पनि देशको शासक वा प्रधान सेवकमा हुनुुपर्ने ती गुुणहरूको अवस्था र तिनले शासकमा पार्नुुपर्ने धारणाका बारेमा उल्लेख गरेको थिएँ । ती गुुणहरूको चर्चालाई भाग-२ मा क्रमशः लेखनको विषय बनाइएको छ । लेखको मान्यता महाभारतमा पितामह भीष्मले तत्कालीन हस्तिनापुरका प्रधान सेवक युधिष्ठिरलाई शासकमा हुुनुुपर्ने गुुणहरूका सन्दर्भमा मात्र केन्द्रित रहेको छ । यो आलेखको उद्देश्य तत्कालीन समयका शासकका हुनुुपर्ने गुणलाई आज पनि शासकले आफूमा निहित राख्न सक्छ भन्नु्ु नै हो ।

केही सार्वजनिक तथ्य :
शासक आफैंमा पूूर्ण हुुँदैन । उसका सहयोगी र शासन सत्ता चलाउन आउने उसका सहयात्रीहरूले उसलाई सफल असफल बनाउने गरेका हुुुन्छन् । त्यही आधार हो शासकीय कार्य व्यापार पनि । उसलाई सफल बनाउन प्रयोग हुने केही गुुणहरू प्रधान सेवकसित मात्र सम्बन्धित रहेका हुनछन् । तिनका केही गुणहरूको चर्चा अघिल्लो साता गरिएको थियो । त्यसको निरन्तरता स्वरूप यो आलेख तयार भएको छ । भीष्म प्रधान सेवकमा हुुनुुपर्ने गुुणका सम्बन्धमा भन्छन् :
संदधीत न चानार्यैविगृहृणीयान्न बन्धुुभिः
नाभक्तं चारयेच्चारं कुुर्यात् कार्यमपीडया ।।
उनी भन्छन् प्रधान सेवकले दुुष्टहरूसित कहिल्यै पनि तालमेल नगर्नू । आफ्ना बन्धुुबान्धवसित कहिल्यै पनि झगडा नगर्नू । जो देश र देशवासीप्रति वफादार छैन यसकिसिमका गुुप्तचरसित काम नलिनू तथा कसैलाई पनि कष्ट नदिइकन आफ्नो कामलाई पूर्णता दिनू । यी चार गुणहरूले सामान्यतया शासकलाई जुन रूपमा उभ्याएका छन् त्यसले तत्कालीन समाजको र राज्यव्यवस्था सञ्चालनमा स्थापित मान्यतालाई प्रस्तुत गरेको देखिन्छ । शासनमा बस्ने र शासन व्यवस्थालाई निरन्तररूपमा चलाउने व्यक्तिमा जीवनका सबै कुराहरू गतिशील बन्न सक्ने अवस्थामा रहनुु आवश्यक मानेका छन् भीष्मले । भीष्मले भनेका छन् :
अर्थं ब्रूूयान्न चासत्सुु गुुणन् बू्रयान्न चात्मनः
आदद्यान्न न साधुुभ्यो नासत्पुुरुषमाश्रयेत् ।।
दुुष्टलाई आफ्नो अभीष्ट कार्य नभन्ने, आफ्ना गुुणहरूको स्वयं वर्णन नगर्ने, श्रेष्ठ मानिसको धन नखोस्ने र नीच मानिसको आश्रय कहिले पनि नलिनू । यी चार गुुणलाई भीष्मले सजिलो तरिकाले बताए युुधिष्ठिरलाई अथ्र्याएका छन् । दुुष्टलाई आफूले गर्न लागेको कार्य भनियो भने त्यसमा बाधा ल्याउने काम उसको रहेको हुन्छ । मानिस बुुद्धिले भरिएको प्राणी हो । उसका हरेक क्रियाले समाज र राष्ट्रमा परिवर्तन ल्याउने गरेका हुन्छन् । शासकले कहिले पनि आफ्ना गुुणलाई आफैं वर्णन गर्नुहुुँदैन ।

दुुष्टलाई आफूले गर्न लागेको कार्य भनियो भने त्यसमा बाधा ल्याउने काम उसको रहेको हुन्छ । मानिस बुुद्धिले भरिएको प्राणी हो । उसका हरेक क्रियाले समाज र राष्ट्रमा परिवर्तन ल्याउने गरेका हुन्छन् । शासकले कहिले पनि आफ्ना गुुणलाई आफैं वर्णन गर्नुहुुँदैन ।

शासकका गुुणहरू भए पनि आत्मप्रशंसामा शासक रमाउनुु हुुँदैन भन्ने मान्यता उनको रहेको छ । यी प्रधान सेवकमा रहने शासकीय मान्यता हुन् । शासकमा रहेका गुुणहरूबाट उसको शासकीय स्वरूप तथा व्यवस्थापकीय सन्दर्भ बाहिर आउने हुनाले यी कुरामा शासक चनाखो हुनुु अति नै आवश्यक रहेको तथ्यलाई बाहिर ल्याएका छन् भीष्मले ।

पारिवारिक अवस्था :
शासकको आफ्नो परिवार रहेको हुन्छ । परिवाररहित शासक हुन सक्दैन । पारिवारिक सन्दर्भ र परिवारमा घटित घटनालाई कहिले पनि शासकले शासनको व्यवस्थापकीय पक्षमा आउन दिनुुुहुँदैन । भीष्म भन्छन् :
अनीर्षुुर्गुुप्तदारःस्याच्चोक्षः स्यादघृणी नृपः
स्त्रियः सेवेत नात्यर्थं मृष्टं भुुञ्जीत नाहितम् ।।
इष्र्यारहित भएर आफ्नी स्त्रीको रक्षा गरोस् । शासक शुुद्ध होस् कसैसित घृणा नगरोस् । स्त्रीको बढी सेवन नगरोस् अथवा कामवासनामा निर्लिप्त नहोस् । शुुद्ध तथा स्वादिष्ट भोजन गरोस् तर स्वाथ्यलाई अहितकर भोजन नगरोस् । यी गुुणहरू शासकमा विद्यमान पारिवारिक गुुणहरू हुन् । परिवार, पारिवारिक वातावरणलाई स्वच्छ र सुुमधुर बनाएर शासन व्यवस्थाको मियो बनेर राज्यलाई सुुदृढ बनाओस् भन्ने मान्यता यहाँ उल्लेख गरिएको छ । सामान्य जीवनचर्यालाई यापन गरेर राज्यका सबै व्यवस्थाको यथोचित विन्यास प्रधान सेवकको गुण भएकाले त्यसमा सक्रिय रहनुु पनि शासकीय मान्यता हो भन्ने धारणालाई भीष्मले बताएका छन् ।

शासनमा बसेको शासक सबै गुणले परिपूूर्ण हुनुुपर्ने तर्क भीष्मले राखेका छन् । यदि गुुणसम्पन्न छैन भने पनि ऊ शासक बन्न सक्दैन । शासकीय कार्यव्यापारका माध्यमबाट शासकले व्यवस्थामा सहजपन ल्याउनुु अनिवार्य उनले मानेका छन् । शासक शासकीय व्यवस्थामा सदा चनाखो रहनुुुपर्ने धारणालाई भीष्मले बताएका छन् । शासकलाई पारिवारिक सदस्य बताउने सन्दर्भमा भीष्म भन्छन् ः
अस्तब्ध पूजयेन्मान्यान् गुुरून् सेवेदमायया
अर्चेद् देवानदम्भेन श्रियमिच्छेदकुस्तिाम् ।।
शासक आफूले आदर, सम्मान चाहने हो भने विनीत भावले आफूले मान गर्ने व्यक्तिको सम्मान गर्नु अनिवार्य रहेको हुन्छ । गुुरुहरूको सेवामा निष्कपट भाव विद्यमान रहोस् । दम्भहीन भएर देवताको पूजा अर्चना गरोस् । आनन्दपूूर्ण तरिकाले धनसम्पत्ति पाउने अभिलाषा राखोस् । यी शासकमा विद्यमान हुुनुुपर्ने गुुणहरू हुन् । यीगुणका माध्यमबाट शासकले शासकीय सत्तालाई चलाओस् भन्ने धारणा भीष्मको देखिएको छ । पारिवारिक वातावरण र आफूले खोजेका मान्यतालाई मात्र आधार बनाएर शासक गतिशील हुनुु हुँदैन । शासकले आफूले गर्ने सबै कर्मलाई राष्ट्र तथा देशवासीका नाममा समर्पित गरोस् भन्ने चाहना भीष्मले राखेको देखिन्छ ।

शासक आफैंमा सबै होइन त्यो त राज्यको अंशमात्र हो । यही अंशले राज्यको व्यवस्थित परिवेशलाई सिर्जना गरिरहेको हुन्छ । त्यही मान्यतामा आधारित रहेर नै शासन चलाउने हो । सोही सन्दर्भमा भीष्म भन्छन् :
प्रहरेन्न त्वविज्ञाय हत्वा शत्रून् न शोचयेत्
क्रोधं कुुर्यान्न चाकस्मान्मृदुु :स्यान्नापकारिषुु ।।
बिनाकारण कसैमाथि प्रहार नगर्नू । शत्रुुलाई मारेर शोक नगर्नू । कारणरहित कसैमाथि क्रोध नगर्नू तथा हृदय कोमल हुनुुपर्दछ तर अपकार गर्नेमाथि कोमल हुनुु आवश्यक होइन । यी शासनमा बस्ने र प्रधान सेवकमा रहने गुुणहरू हुन् । यी सबैको पालन हुनुुपर्छ भन्ने होइन । यी महाभारतकालीन गुण हुुन् तर शासनमा बस्ने मानिसका लागि अनुपयोगी होइनन् । यी शासकका मान्यता शासन व्यवस्थालाई जीवन्त बनाउने आधार हुुन् । यी आधारमा सबै आजको अवस्थामा कार्यान्वय हुुुनुु सम्भव नहोला ? भीष्मले बताएका तत्कालीन गुुण शासकका लागि आवश्यक थिए । आज पनि ती शासकीय गुुणको आवश्यकता केही हदसम्म देखिएको मानिन्छन् । यही कुरा महाभारतमा भीष्मले युुधिष्ठिरलाई बताएका छन् । शासन सम्हाल्ने व्यक्ति सदा चनाखो हुुनुु आवश्यक छ । उसले गरेका कर्महरूले नै देशको सार्वभौम जिउँदो रहने हुनाले त्यसलाई गतिलो तरिकाले निर्वाह गर्नु शासकको दायित्व हो । यही तथ्यलाई महाभारतमा भीष्मले युुधिष्ठिरमार्फत बाहिर ल्याउन खोजेका हुुन् ।

आजको विश्व :
संसारका शासकमा आज नैतिकता हराएको छ । शासनमा बसेपछि वा बसुुञ्जेल उसले आफूलाई संसारको सबैभन्दा शक्रिशाली मानिस स्वीकार गरेको हुुन्छ । आज संंसारका प्रत्येक मुुलुुकमा विद्यमान समस्याको सभाधानमा क्रियाशील बनेका पनि हुुँदैन । शासकले त आजको संसार मेरो अधीनमा रहुनुुपर्दछ भन्ने दम्भलाई उद्घाटित गरिरहेको हुन्छ । दम्भले शासन व्यवस्था चल्दैन भन्ने मान्यतामा आज संसारका कुनै पनि शासक देखिएका छैनन् । आफूभित्रको दम्भ प्रस्तुुत गरेर नै शासन व्यवस्थालाई चलाउन सकिन्छ भन्ने मान्यतामा आजका शासक गतिशील बनेका छन् । यो अवस्था आउनुुमा मानिसले सिर्जना गरेका वैज्ञानिक सम्पन्नता प्रमुुख कारण बनेर देखापरेको छ । वैज्ञानिक सम्पन्नताले मानिस वा शासकलाई अन्धो बनाएको छ ।

विश्वका प्रत्येक मुुलुुकको आफ्नै किसिमको शासन व्यवस्था हुने गर्दछ । शासन व्यवस्थाका सबै अङ्गमा शासकले आफ्नो उपस्थिति जनाउनुुलाई अनिवार्य ठानेको हुन्छ । त्यो उपस्थिति उसका लागि मात्र नभएर उसका सन्तान तथा दरसन्तानका लागि होस् भन्ने उसको कामना रहेको हु्न्छ । त्यसैले संसार आज त्रस्त छ । संसारका सबै मुुलुुकका शासक आफूलाई अब्बल दर्जाका शासक बनाउन लागि परेका छन् । तर, तिनीहरूले मानवता, न्याय र सामाजिक अवस्थालाई बिर्सिरहेका छन् । समाजको बनावट, समाजको संरचना र उत्तरवर्ती पुुस्तामा त्यसले पार्ने प्रभावलाई देखेका छैनन् । पछिल्लो पुस्ता उनीहरूले सोचेजस्तो छैन ।

कुनै दिन नो भोटले कानुुनी मान्यता पायो भने वर्तमान पुुस्ता त्यतातिर लम्किन सक्ने सम्भावनाले मूूर्तता पाउने अवस्था विद्यमान छ । राजनीति कहिले पनि निषेधको हुुनुुहुुँदैन । निषेधको राजनीतिले अरूलाई मात्र होइन आफूलाई समेत डुुबाउँछ ।

देशको निर्णय शासकमा रहने वा रहेकाले उनीहरूले जे निर्णय बाहिर ल्याए पनि सहर्ष रूपमा स्वीकार गर्न आजको पुुस्ता तयार पनि छैन । आजको पुस्ता विज्ञान सम्पन्न छ । प्रविधिको ज्ञानले भरिएको छ । आजको पुस्तासँग आधुुनिक विज्ञानको प्रणालीमा देखिएका सबै कुराहरू विद्यमान रहेको तथ्यलाई नकार्न सकिँदैन । आजका पुस्तासित मानवीय भावना छैन । दया, माया, ममता, स्नेह र आफूभन्दा मान्यजनलाई दिने आदर सम्मानको अभाव रहेको छ । त्यसले गर्दा आजको पुुस्तामा आफ्ना परम्परागत मान्यता, जीवनप्रतिको सङ्घर्ष तथा आफूूले जीवन चलाउनका लागि गरिने मेहनतको अभाव छ ।

आजको पुस्ता बरालिँदो छ । पुुरानो पुुस्ताबाट टाढिँदो छ । त्यसैले राज्यले पनि वृद्धाश्रम बनाउने आधारको बजेट उल्लेख गर्न बाध्य बनेको छ । यो पुुस्तान्तरमा देखिएको खाडल हो । यसलाई मेटाउन अनिवार्य छ । यदि यो खाडल दिनानुुदिन बढ्दै गयो भने आजको र हिजोको पुस्तामा ठूलो कमजोरी भेटिने तथ्यलाई नकार्न सकिँदैन ।

शासकमा न्याय हराउनु, स्वेच्छाचारी निर्णय लिनुु, निषेधको राजनीतिलाई पूूर्ण स्वीकार गर्नु आजको राजनीतिका सबैभन्दा कमजोर कडी हुन् । न्यायालयले गरेको फैसलालाई चुुनौती दिँदै गणतन्त्रका नाममा अपराधीलाई आममाफी दिने प्रवृृत्तिले आजको पुस्ता र न्यायालयमाथि विश्वास भएका जनतालाई अचम्भित पारेको छ । यो अवस्थाको सिर्जना आफूलाई सत्तामा राखिरहने प्रवृतिको उपजमात्र होइन देशको सार्वभोमसत्ता र गणतन्त्रप्रतिको ठाडो हस्तक्षेप पनि हो । न्याय हराएको राष्ट्रका रूपमा नेपाल दरिएको छ यो सत्य हो । न्यायलाई धुजाधुुजा पार्ने प्रवृत्तिका कारण आजको समाज र आजको पुुस्ता असहिष्णुु बनिरहेको छ ।

देशमा बढिरहेको भ्रष्टाचार, कमिसनखोरी, महँगी, आधारभूत दैनिक आवश्यकताका लागि उपयोगी वस्तुुको अभाव आदिलाई आजको समाजले स्वीकारे पनि आजको पुस्ताले स्वीकार गर्न सकिरहेको छैन । त्यसैले अध्ययन तथा कामका नाममा विदेशिँदो छ आजको पुुस्ता । देशका शासकले आजको पुुस्तालाई कमजोर मानिरहेका छन् । अहिलेको युुवासित आँट छ । साहस छ । जीवनबोध छ । अन्तर्राष्ट्रिय रूपमा भइरहेको प्रगति छ । त्यो प्रगतिसित रमाइरहको देशका जनताको अठोट पनि । त्यो पुुस्ताले खबरदारी गर्न सक्छ आजका देश सञ्चालकलाई । कुनै दिन नो भोटले कानुुनी मान्यता पायो भने वर्तमान पुुस्ता त्यतातिर लम्किन सक्ने सम्भावनाले मूूर्तता पाउने अवस्था विद्यमान रहेको छ ।

राजनीति कहिले पनि निषेधको हुुनुुहुुँदैन । निषेधको राजनीतिले अरूलाई मात्र होइन आफूलाई समेत डुबाउँछ । भीष्मले भनेका गुण अवलम्बन गर्न नसके पनि देश र राष्ट्रप्रति उत्तरदायी हुनुु आवश्यक छ राजनीतिका धुुरन्धरहरूलाई । नेपालमा नेपालीको हित र स्वाभिमानलाई लिएर गरिएका सबै कार्यले शासक र शासकीय पद्धति मेरो भन्ने अवस्था आजको युुवामा सिर्जना भएको छैन । त्यो दिलाउन सक्नुु नै आजको राजनीतिको सबैभन्दा महत्वपूर्ण अवस्था हो । राजनीतिकर्मीले त्यो दिन सकेन भने आजको युुवा पुुस्ता राजनीतिमात्र होइन देशका प्रत्येक कुराबाट बाहिर हुनेछ ।

त्यो पुुस्ताले नेपाल र नेपालका राजनीतिकर्मीप्रति वितृष्णाको बिउ रोप्नेछ र रोपिसकेको पनि छ । आजको पुस्तालाई हेरर स्वार्थरहित राजनीति आजको आवश्यकता हो । यही आावश्यतालाई मनन गर्नु आजका प्रधान शासक वा शासनमा आफ्नो अस्तित्व स्थापना गर्ने नेता र राजनीति पार्टीको प्रमुुख दायित्व पनि हो ।

https://ehimalayatimes.com/2023/05/121641/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?