दोलखामा रक क्लाइम्बिङको आकर्षण(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

दोलखा । दोलखाको सोक्ला गाउँमा ‘रक क्लाईम्बिङ महोत्सव २०८०’ आयोजना भएको छ। जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यही जेठ १८ देखि १९ गतेसम्म दुई दिने ‘रक क्लाईम्बिङ महोत्सव २०८०’ आयोजना गरिएको हो। दोलखा बजार चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ नजिकको भीरमा रक क्लाइम्बिङको दक्ष क्लाइम्बरद्वारा २५ मिटर जति उचाइलाई अहिले प्रयोजनमा ल्याइएको हो।

६ महिनादेखि अध्ययन गरेर सोक्ला पर्यटन विकास समाज र माउन्टेड गाईड एसोसिएसन अफ नेपाल (मोगान) ले अहिले तीन वटा रुट क्लियर गराएर प्रयोगमा ल्याएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र माउन्टेड गाईड एसोसिएसन अफ नेपाल (मोगान)को प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?