बर्दियामा ‘हृयासट्याग माया’

Read Time = 2 mins

बर्दिया । चलचित्र ‘हृयासट्याग माया’ (३माया) को छायांकन बर्दियाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो । थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले बताउनुभयो । यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्नुभएका निर्देशक राजीव गुरुङले पहिलो दिनको काम राम्रो भएको जानकारी दिनुभयो ।

चलचित्रमा नम्रता श्रेष्ठ, सारुक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय छ । यसको छायांकन काठमाडौं २० दिन र धरानमा पाँच दिनसमेत गर्ने कार्यतालिका छ । शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रीत छ । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार छ ।

चलचित्रमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?