सियारी गाउँपालिकामा अति विपन्न १४ घर परिवारलाई आवास प्रदान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासको गाँउपालिकाले हस्तान्त्रण समेत गरेको छ ।

सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण गरिएको आवासलाई सम्बन्धीत परिवारलाई हस्तानत्रण गरिएको हो ।

गाँउपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक बडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।

पालिकाले एउटा घर निर्माणका लागि ५ लाख रुपैया र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैया सहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाको लागत सहभागितामा घर निर्माण गरिएको हो ।

पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासलाई सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धीत वडाका वडा अध्यक्षले सम्बन्धीत घरधनीलाई घर हस्तान्त्रण गर्नुभयो ।

उक्त घरमा दुई वटा कोठा, एउटा भान्सा, एउटा सानो व्रन्डा र सौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुईने छानोमुनि बस्दै आएका ती परिवारले पक्की घर पाएपछि शुसीले दङ्ग परेका छन् ।

सियारी ५ की चन्मति थारुले पक्की घर पाएपछि आफुहरुलाई बस्न, बालबच्चालाई पढाउन निर्क सहज भएको उल्लेख गर्दै गाउँपालिकालाई धन्यवाद दिईन । उहाँले यस अघि आफुहरु माटो गारो र खपटाको चुईने छतमुनि बसेर गुजारा चलाउदै आएको बताईन् ।

सियारी गाँउपालिकाले निर्माण गरी हस्तान्त्रण गरेका ती घरलाई पालिकाको सहमतिविना बिक्रि बितरण गर्न नमिल्ने गरी आबश्यक कार्यबिधि बनाउन लागिएको गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।

उहाँले अति विपन्न परिवारका लागि भनेर निर्माण गरिएको घरलाई बित्रि बितरण गर्न दिए अनुदानको दुरुपयोग हुने हुँदा यसलाई बिक्रि वितरणमा रोक लगाउने गरी कार्यबिधि बनाउन लागिएको बताउनु भयो ।

सियारीले नयाँ जनप्रतिनिधि आएपछि शुरु गरेको सियारी आवास योजनालाई यस आर्थिक बर्षमा निरन्तरता दिने गरी बजेटको बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी गराउनु भयो । उहाँले गास, बास र कपासको अभाव भएका अति विपन्न परिवारलाई आवास तयार गरी हस्तान्त्रण गरिएको बताउदै शंरक्षणमा ध्यान दिन आग्रह गर्नु भयो ।

जनताको नजिकको सरकारको रुपमा रहेका स्थानिय पालिकाहरुले यस्तै खालको जनताले अपनत्व पाउने खालका कार्यक्रममा जोड दिनु पर्ने देखिन्छ । यस्ता खालका कार्यक्रमले सरकार र नागरिक वीचको सम्बन्ध थप बलियो बन्न टेवा पुग्नेसमेत देखिन्छ ।

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?