डाटाकेवलकाे तारले घाँटी कसेर श्रीमतीले गरिन् श्रीमानको हत्या

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नवलपरासीमा मोबाइलको डाटाकेबलले घाँटी कसेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ ।

रामग्राम नगरपालिका वडा नं १४ का २९ वर्षका अब्दुल नसिम खाँको श्रीमती हशिवुन निसाले आफ्ना साथीको सहयोगमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

ज्येष्ठ १८ गते राति २ वजे श्रीमती हशिवुन निसाले श्रीमान नसिम खाँ सुतिरहेको बेला आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरीको भनाई छ । श्रीमानको हत्या पछि दुवैजना मिलेर घर देखि अन्दाजी १०० मिटर पश्चिम चन्दर थारुको खेलमा लगेर लाश पुरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

श्रीमान र श्रीमती बीच पटक पटक झै–झगडा हुने गरेको र श्रीमान अव्दुल नसिम खाँ ले दैनिक रुपमा कुटपिट गर्ने तथा २ जना छोराहरुको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्वार घरेलु हिंसा समेत गर्ने गरेकाले हत्या गर्न बाध्य भएको श्रीमतीले प्रहरी बयानमा भनेकी छन् ।

श्रीमानको हत्या गर्ने हशिवुन निसालाई पक्राउ गरिएको र हत्यामा संग्लन रहेका उनका भारतीय साथीको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?