प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे सदनलाई जानकारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराउनुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७-२० जेठमा चारदिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराउनुभएकाे हाे ।

भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै उहाँले सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयाे । उहाँले सातवटा दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउनुभयाे । रेलमार्गबाट पारवाहन सुरु गरिएको पनि उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?