मधेश सधैं ठगिँदै आएको छ, यसपटक सत्ताबाटै ठगियो : मनिष झा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नागरिकता विधेयकबाट मधेश फेरि ठगिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै झाले सधैं ठगिँदै आएको मधेश यसपटक सत्ता पक्षबाट ठगिएको बताउनु भएको हो ।

‘मधेश सधैं ठगिँदै आएको छ । यसपटक सत्ताबाटै ठगियो । नागरिकता विधेयक प्रक्रिया पूरा गरेर सदनमा ल्याएर पर्याप्त छलफल गरेर सदाको लागि कानून बनोस् भन्ने हाम्रो इच्छा र अनुरोध हो । तर सर्टकर्ट गरेर झारो छार्ने गरी ल्याइएकोमा हाम्रो विरोध हो’ झाले भन्नुभयो, ‘यो विधेयक सदनमा फेरि ल्यायोस् र सधैंको लागि समाधान गरियोस् भन्ने दबाब दिन चाहन्छु ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?