मैदा उद्योग संघमा फेरि दुगड

Read Time = 3 mins

काठमाडौं । नेपाल मैदा उद्योग संघको काठमाडौंमा सम्पन्न २३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले फेरि पनि कुमुदकुमार दुगडको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । प्रथम उपाध्यक्ष दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, धिरज गोल्छा र सञ्जय अग्रवाल र कोषाध्यक्ष विनोदकुमार अग्रवाल रहेका छन् । संघले सहस्यसहित १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

साथै संघको साधारणसभाले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकाले सरकारलाई मैदालाई कृषि उद्योगमा राखी सुविधा दिन पहल, नेपालमा गहुँ उत्पादन बढाउन सरकार, किसान र व्यवसायी मिलेर दीर्घकालीन नीति तर्जुमा, मैदाको कच्चा पदार्थ गहुँ नेपालको उत्पादनले मात्र नपुग्ने हुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यकारी परिस्थिति सहज बनाउन, मैदा नेपालमा आत्मनिर्भर भइसकेकाले विदेशबाट मैदा आयातको विषयमा सरकारसँग आवश्यक पहल गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

त्यस्तै, सरकारबाट निर्यात अनुदान दिएमा चीनलगायत तेस्रो मुलुकमा मैदा निर्यात सम्भावना रहेकाले उद्योग संरक्षणका लागि निर्यात अनुदान दिनुपर्ने, बैंक ब्याज एकल बिन्दुमा कायम गर्नुपर्ने, उद्योगकै नाममा गहुँ आयात गर्दा भन्सारदर १५ हुनुपर्ने, बजारमा स्वच्छ प्रतिस्पर्धा, गहुँ र मैदा आयातको भन्सार मूल्यांकन परिमार्जन, मैदा उद्योगको बीमा प्रिमियम परिमार्जनमा पनि जोड दिएको छ ।
करिब १७ हजार करोड लगानी रहेको मैदा उद्योगले प्रत्यक्षरूपमा चार हजारभन्दा बढीलाई रोजगारी दिइरहेको र किसान पनि लाभान्वित भइरहेकाले मैदा उद्योगलाई उचित संरक्षण भएमा देशको औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने संघको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?