खिजिदेम्बा गाउँपालिकाका अध्यक्षविरुद्ध नागरिकता विवादसम्बन्धी मुद्दा दर्ता, पदमुक्त गर्न माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष गम्बु शेर्पाविरुद्ध नागरिकता विवादमा मुद्दा दायर भएको छ । शेर्पाले अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको नेपाली नागरिकता पेस गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएको भन्दै पद खारेजीको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।

रिट निवेदक भुपेन्द्र बहादुर बस्नेतले गत स्थानीय निर्वाचनमा शेर्पासँग प्रतिस्पर्धा गर्दा आफू उपविजेता भएकाले सो पदमा आफूलाई पदस्थापन गर्न पनि माग गर्नुभएको छ । शेर्पा नेपाली नागरिक नभएकाले जनप्रतिनिधिको रूपमा काम गर्न अयोग्य रहेकोे रिट निवेदकको दाबी छ । ‘उनले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएर अमेरिकामा बसोबास गेरेकोमा सोही पासपोर्टमा नेपाल आएर २०७९ वैशाख ३० मा सम्पन्न भउको स्थानीय तहको निर्वाचनमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार दिई २८८२ मत प्राप्त गरेर निर्वाचित भएका थिए ।

सो निर्वाचनमा म पनि अध्यक्षको उम्मेदवार भई निज विपक्षीसँग प्रतिस्पर्धा हुँदा २७५२ मत प्राप्त गरी निर्वाचित हुन सकेको थिइनँ । निजले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१) बमोजिम कायम नरहेको नागरिकता पेस गरी निर्वाचनमा भाग लिएको कुरा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट खुल्न आयो । निजले आयोगलाई गुमराहमा राखी निर्वाचित भएको हुँदा सम्पूर्ण कार्यहरू गैरकानुनी भएको हुँदा उत्प्रेषणको आदेशले निजलाई पदमुक्त भएको परमादेश जारी गरीपाउँ’ रिटमा लेखिएको छ ।

सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको मुद्दामा पनि विदेशी नागरिकता लिएपछि पुनः नेपाली नागरिकता प्राप्त नगरेसम्म निर्वाचनमा भाग लिन नपाउने सिद्धान्त स्थापित गरेको उल्लेख गर्दै सोही सिद्धान्त अनुसार शेर्पालाई पदमुक्त गर्न माग गरिएको छ । ‘निजको निर्वाचन भ बदर री म निवेदक प्रतिस्पर्धी भई निजको भन्दा दोस्रो मत प्राप्त हुँदा बाँकी कार्यकालको लागि उक्त पदमा म निर्वाचित भएको घोषण गरी पदस्थापना गरी पाउँ ।’ रिट निवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?